यसरी खस्यो काठमाडौंमा बस खोलामा (भिडियोसहित)

नेपाली जनता

काठमाडौं । काठमाडौंको लामबगरमा शुक्रबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन् ।

धर्मस्थलीबाट रत्नपार्कतर्फ आउँदै गरेको बा ३ क ३७४९ नम्बरको बस बिहान करिब ७ः४५ बजे दुर्घटना भएकाे हाे ।

महानगरीय ट्राफिक प्रहरीले दिएको जानकारी अनुसार, दुर्घटनाका घाइते १५ मध्ये १२ को ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र ३ जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा उपचार भइरहेको छ । टिचिङमा उपचाररत १ जनाको अवस्था गम्भीर छ ।

बस खोलामा खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।(भिडियो नवराज रिमालको फेसबुकबाट)

यो पनि पढ्नुहोस  बनेपामा १२ जना यात्रु बोकेको मिनि ट्रकमा आगो लाग्यो
१५,असार.२०७५,शुक्रबार ०९:४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: