धरानमा दुई समुहवीच विवाद हुदाँ १ को हत्या , ६ जना युवा पक्राउ

नेपाली जनता

सुनसरी । सुनसरीको धरान स्थित फुश्रे आर्मी क्याम्प नजिकै सूर्यमार्गमा गएराति भएको विवादमा एक युवाको हत्या भएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेललेका अनुसार विवादमा हत्या भएका युवा धरान-१ शिखर टोल बस्ने २७ वर्षीय अमितकुमार राई हुन् ।

घटनामा धरान-१३ बस्ने सुवर्ण राई घाइते छन् । उनको प्रतिष्ठानमा उपचार भइरहेको छ ।

पेटमा छुरा प्रहार भएपछि आन्द्रा भुँडी निस्किएको अवस्थामा अमितकुमारलाई स्थानीय बासिन्दाले बीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा पुर्‍याएका थिए । चिन्ताजनक अवस्थामा पुगेको उनको उपचारको क्रममा गएराति मृत्यु भएको बीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रहरी पोष्टले जानकारी दिएको छ ।

राईको हत्या गरेको आरोपमा प्रहरीले मंगलबार बिहान ६ जना युवालाई पक्राउ गरेर कर्तव्य जान मुद्धा लगाउने तयारी गरेको छ । पक्राउ पर्नेहरुमा धरान १३ बस्ने सन्तोष लिम्बु, पुस्कर राई, आशिष माझी, सन्तोष राई, कोक्सिन राई र कुलबहादुर सुनुवार रहेका छन् । उनीहरु सबैलाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । प्रहरीले पक्राउ परेका मध्ये पुस्कर राई लागुपदार्थको डिलर भएको बताएको छ ।

 

यो पनि पढ्नुहोस  भक्तपुरमा बुधबार प्रहरीसहित तीनमा कोरोना पुष्टि, प्रहरीको सञ्चार कक्ष सिलबन्दी
१९,असार.२०७५,मंगलवार १३:१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: