सरकार भु-माफियालाई कारवाहि गर, पछि हुने अनिष्ट रोक

नेपाली जनता

विहिवार बेलुकाबाट पर्न थालेको अविरल वर्षाले भक्तपुरका केही भाग र बनेपा सहर अस्तव्यस्त हुने गरी डुबानमा परे । डुबानले सयौ मानिस विस्तावित हुन पुगे भने तीन जना मानिसले ज्यान गुमाउनु परेको छ । डुबानका कारण काठमाडौंबाट अरनिको राजमार्ग हुँदै धुलिखेल, सिन्धुली, उदयपुर हुँदै पुर्व जाने यातायातका साधन चल्न सकेनन । हनुमन्ते, मनोहरालगायत खोलामा भरिएको पानीले आफ्नो सहज निकास नपाउँदा वरपरका बस्तीमा पानी जम्मा भएर बस्तीलाई कोलोहला बनाउदै पानीले निकास खोज्दै थियो ।

ठूला घरका भुइँतला, भुइँतलामुनिका पार्किङस्थल या बेसमेन्ट भरिए, भुइँतलाका पसल, कार्यालय या आवास पानी जमेर ढाडिए । मानिसहरू आफ्नै वासस्थलबाट उद्धार गर्नुपर्ने गरी अताल्लिए । कतिपयलाई क्रेन लगाएर उद्धार पनि गरिएको थियो जसके दुष्यले सामाजिक संजालमा भाइरल हुन पुग्यो ।

सडक यातायात नै ठप्प हुने गरी पानी जता पायो उतै बगिरह्यो । जलसतह माथि उठ्दै गयो । बिहीबार विभिन्न सञ्चार माध्यमबाट संसारभर फैलिएको यो दृश्य आफैँमा कहालीलाग्दो थियो ।

गतवर्ष मध्यतराईको बाढीमा लास गाड्ने ठाउँ नभएर कम्बलमा बेरिई बग्दै गरेको कमलु सदाको मृत्युको त्रास झल्काउने अवस्था त यता भक्तपुर या बनेपामै पो आयो । यस्तो डुबानको प्रकोप पछिल्ला वर्षमा बढ्दै गएको छ ।

उपत्यकाको कचौराजस्तो बनोट छ, जहाँ चारैतिरका पहाडबाट सयौँ सानाठूला मूल फुट्छन्, नाला र खोला बन्छन् र अन्तिममा बागमतीमा मिसिन्छन् र चोभार हुँदै यहाँको पानीले निकास पाउँछ ।

तर, पछिल्ला वर्षमा तीव्र रूपमा खोला किनारामा बस्ती विस्तारित हुने क्रममा मानिसले गरेको लापरबाही र राज्यले गरेको बेवास्ताले आफ्नो परिणाम देखाउन थालेको छ । यसैको परिणाम हो, भक्तपुरको डुबान ।

०४० पछि काठमाडौंमा सहरीकरणले तीव्रता लिएको मानिन्छ । राज्यका सबैजसो सुविधा काठमाडौंकेन्द्रित हुँदै जाँदा देशभरका मानिस यतै ओइरिए । जोजो आए जागिर खान, अध्ययन गर्न या पेसा व्यवसाय गर्न, तिनले फेरि काठमाडौंबाट बाहिरिन चाहेनन् ।

यो पनि पढ्नुहोस  एमाले स्थायी कमिटी बैठक बस्दै,नेताहरुको कार्यविभाजनबारे पनि छलफल

आफ्नो नियमित आम्दानीमा अतिरिक्त आम्दानी थप्न सक्ने नोकरशाहीमा रहेको सीमित समूह मात्र होइन, उद्योग व्यापारमा लागेको, दुई नम्बरी धन्दा गर्ने, जग्गा र श्रमशक्तिको कारोबार गर्ने नवधनाढ्यका ठूला घर र अपार्टमेन्टसहित पहाड या तराईमा रहेको आफ्नो पुख्र्यौली सम्पत्तिबाट केही टुक्रा बेचेर यताको कमाइले केही थपथाप गरी चार आना जमिन खरिद गर्ने, दुःखसुखले एकतले घर बनाउनेहरू पनि यतै बस्न रमाए ।

केहि सरकारी अधिकारीहरुले जग्गा दलालसँग आर्थिक आयआजृनको लागि साठगाठ गरि अनियमिति ढंगले खोला नाला छेउछाउका जग्गालाई हकसाँफि गरि अबैध ढंगले बेचविखन गरिनुले पनि खोलाले सहज निकास पाउन नसकेको हो ।

खोलानालालाई आफैँले अड्कलेर थोरै मात्र जमिन छाडी पानीको प्राकृतिक बहाव नियन्त्रित गर्न खोज्दा हाम्रा सहर वर्षाको पानीले भरिन थालेका छन्

सबैले घर बनाउन उपयुक्त र व्यवस्थित जमिन खोजेनन् । बरु आफ्नो हैसियतले जता भ्याउँछ, त्यतै जमिन खरिद गरे, घर बनाए र बस्ती विकास गरे ।

बस्तीको पछिपछि त्यसलाई चाहिने संरचना बनाइयो । न सहरी योजना, न भौगर्भिक अवस्थाको अध्ययन, न पानीको बहाव न ढल निकासको सम्भावनाको खोजी । मनपरीसँग भएको घर तथा सडक निर्माणले परम्परागत पानी निकासका बाटा बन्द हुँदै गए ।

२९,असार.२०७५,शुक्रबार ०७:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: