कलंकी–नागढुंगा सडकः सरकारले नदेखेपछि स्थानीयले नै पुरे खाल्डाखुल्डी

नेपाली जनता

काठमाडाैं । कलंकी–नागढुंगा सडकको निर्माण लामो समयदेखि रोकिएकोमा स्थानीयले विरोध जनाएका छन् । कलंकी–नागढुंगा सडक निर्माण दबाब समूह गठन गरेर चन्द्रागिरिका स्थानीयले आइतबार टिपरमा माटो ओसारेर सडकका खाल्डाखुल्डीसमेत पुरेका छन् ।

उनीहरूले ‘हाम्रो सडक हामी बनाउँछौँ’ लेखिएका प्लेकार्ड बोकेर २ घन्टा सडक जाम गरेर नाराबाजीसमेत गरेका थिए । विरोध कार्यक्रममा बोल्दै दबाब समितिका अध्यक्ष ईश्वर लामाले कंलकी–नागढुंगा सडक निर्माण लम्बिँदा यात्रुसँगै स्थानीयले सास्ती पाएको बताए ।

कलंकी–नागढुंगा सडक निर्माण सुरु भएको लामो समय बिते पनि निर्माण सकिएको छैन । सडक निर्माण नहुँदा स्थानीय धुलो–धँुवाबाट पीडित हुँदै आएका छन् । दबाब समूहका सचिव मोहन डाँगीले सडक निर्माणमा सरकारले ध्यान नदिए स्थानीयले अझ कडा आन्दोलन गर्ने चेतावनी दिए ।

यो पनि पढ्नुहोस  शरीरमा ५ केजी सुन लगाउने अनाैठा व्यक्ति
७,श्रावण.२०७५,सोमबार ११:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: