दसैंमा मेलम्चीको पानी नआउने

सिन्धुपाल्चोक।ठेकेदारले मुख्य संरचना सुरुङमार्ग ‘फाइनल फिनिसिङ’ ढलानको कामलाई एकरुपपता दिन नसक्दा आगामी असोजमा मेलम्ची पानी पाउने काठमाडौं उपत्यकावासीको दुई दशक लामो सपना धनेलिने सम्भावना बढेर गएको छ।

गत चैत अन्तिम साता २६ किलोमिटर लामो मुहानस्थल आम्बाथान–सुन्दरीजल सुरुङमार्ग ‘ब्रेक थ्रु’ भए छेडिएपछि उत्साही सरकारले आगामी दर्सै उपहारमा मेलम्ची पानी खुवाउने बाचा गरेको थियो। तीन महिनामा सक्ने लक्ष्यसाथ थालिएको ढलान सो समयमा एक तहाइ पनि नसकिएपछि मेलम्ची भाखा फेरि सर्ने देखिएको समाचार नागरिक दैनिकमा छ।

सुरुङ निर्माणमा संलग्न इटालियन ठेकेदार कम्पनी सिएमसी रेभेना कामलाई ढिलाउन उद्यत देखिएको छ। यद्यपि, सिएमसीले सुरुङ ढलान रोकेको भने छैन। कामलाई गति पनि दिएको छैन।

 

यो पनि पढ्नुहोस  एनआरएनएद्धारा ११ अर्बको कोष स्थापना
१०,श्रावण.२०७५,बिहीबार ०८:२५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: