अज्ञात रोगका कारण ४० गाई मरे

नयाँदिल्ली। भारतको दिल्लीमा अज्ञात रोगका कारण कम्तीमा ४० ओटा गाई मरेका छन् ।

स्थानीय प्रहरी अधिकारीहरुले गत दुई दिनको अवधिमा ४० ओटा गाई मरेको शनिबार जानकारी दिएका हुन् । दिल्लीको पश्चिमी क्षेत्रमा पर्ने घुम्मानहेरा भन्ने ठाउँमा यसरी ठूलो संख्यामा गाई मरेको समाचारमा जनाइएको छ ।

यस स्थानमा सन् १९९५ देखि गाईपालन गर्न थालिएको थियो । अहिले झण्डै १४ सय गाई पालिएको गाउँलेहरुले जानकारी दिएका छन् । गाईपालनका लागि २० जना कामदार राखिएको छ ।

यो पनि पढ्नुहोस  घोराही-तुलसीपुरमा विकास विरोधी एमाले-माओवादी, बाहिरियो कालो कर्तुत
१२,श्रावण.२०७५,शनिबार १६:२८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: