गोरखाको खानिगाउँमा पहिरो गयो, ७२ घरधुरी जोखिममा

नेपाली जनता

काठमाडाैं । गोरखाको धार्चे गाउँपालिका–७ लापुस्थित जङगाङ डाँडामा पहिरो गएको छ । पहिरोका कारण खानीगाउँका ७२ घरधुरी जोखिममा परेका छन् । अविरल वर्षाका कारण आइतबार बिहान बस्ती नजिकैको पहिरो जाँदा जोखिम बढेको हो ।

पहिरो गाउँ नजिकै पुगेपछि ११ घरधुरी भने बिस्थापित भइसकेका छन् । विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पहिरो गएको ठाउँमा प्रहरी टोलि पठाइएको बताए ।

‘सबै स्थानीय तहमा विपद व्यवस्थापन समिति गठन भएको छ, तारजाली लगाउने लगायतका अन्य काम उनीहरुले नै काम गर्छन्, रेस्क्युका लागी सुरक्षाकर्मी आवश्यक परे हामी पठाउँछौ, रकम अभाव भए जिल्ला विपद व्यवस्थापन बाट केही सहयोग हुन्छ’ उनले भने । पानी परिरहेकाले सतर्क रहन स्थानीयहरुलाई उनले आग्रहसमेत गरेका छन् ।

यो पनि पढ्नुहोस  गाडी चालकद्वारा महिला यात्रुमाथि निर्घात कुटपिट
२०,श्रावण.२०७५,आईतवार १४:३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: