आज र भोलि मौसम बदलि हुने

बंगालको खाडीबाट सुरू भएको सामुद्रीक आँधी डायको नेपालमा पनि असर परेको छ।

हिजो सुरू भएको सो आँधी अहिले पश्चिमतिर बढिरहेको छ। असरस्वरूप भारतका विभिन्न राज्यमा भारी वर्षा र हावाहुरी भइरहेको छ।

त्यसको असर नेपालमा पनि परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले हिमाली क्षेत्रमा हिमपात हुन सक्ने भएकाले सजगता अपनाउनु आग्रह गरेको छ।

‘मध्य र पश्चिमका उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना छ। पहाडी क्षेत्रमा पनि बर्षा हुन्छ। आइतबारदेखि मात्र मौसम सुधार हुन्छ,’ महाशाखाका मौसमविद् वरूण पौडेलले भने।

यो पनि पढ्नुहोस  मौसम पूर्वानुमान: तीन दिन लगातार वर्षा हुने
५,आश्विन.२०७५,शुक्रबार १३:३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: