रामचन्द्र ढकालकाे शब्द र मेलिना राईको स्वरमा दशै तिहार गीत रिलिज (भिडियाे सहित)

नेपाली जनता

काठमाडाैं । नेपालीहरुको महान चाड दशै तिहार नजिकिँदै गर्दा दशैंको झल्को दिँदै मेलिना राईको नयाँ गीत सार्बजनिक भएको छ । कति म सम्झुँ बोलको बियोगान्त गीतलाई रामचन्द्र ढकालले लेखेका हुन् भने प्रकाश नेपालीले संगीत दिएका हुन् ।

लामो समयसम्म एकैसाथ श्रीमान श्रीमतीले दशै मनाउँन नपाउँदाको पीडा समावेश गरिएको उक्त गीतमा कृष्ण महर्जनको संगीत संयोजन रहेको छ ।

सार्बजनिक गीतलाई उत्सव दाहालले खिचेका हुन् भने मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । बि स्टार फिल्मस्को ब्यानरमा निर्माण गरिएको भिडियोमा मरिष्का पोखरेल र रामकृष्ण वाईवाको अभिनय रहेको छ । भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् ।

यो पनि पढ्नुहोस  जहाँ पैसा तिरेर बेहुली किनिन्छ …
१०,आश्विन.२०७५,बुधबार १८:४३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: