परीक्षा दिन भारत जानुपर्ने

नेपाली जनता

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रिय आयुर्वेद विद्यापिठमा व्याचलर इन आयुर्वेद एन्ड मेडिकल सर्जरी (विएएमएस) अध्ययन गर्ने विद्यार्थी प्रयोगात्मकको लागि भारत गैरहेका छन् ।

विद्यापिठ आयुर्वेद सम्वन्धी पढाइ भएपनि प्रयोगात्मकका लागि अस्पताल नहुँदा विद्यार्थी भारत जान बाध्य भएका हुन् । नेपाल आयुर्वेद परिषदका रजिस्ट्रार डा. नारायन श्रेष्ठले केन्द्रिय विद्यापिठमा पढाइ हुने तर प्रयोगात्मक कक्षाको लागि विद्यार्थी बाहिर पठाउने गरेकाले यस वर्ष सुधार गर्नुपर्ने सर्त राखेको बताए ।

केन्द्रिय विद्यापिठमा पढाइ हुने तर प्रयोगात्मक कक्षाको लागि भारतको हरिद्धार तथा देशका अनय स्थानमा रहेका विद्यापिठमा विद्यार्थी पठाउने गरेको उनले बताए ।

यो पनि पढ्नुहोस  बबरमहलमा सवारी दुर्घटना, दुई गम्भीर घाइते
१४,आश्विन.२०७५,आईतवार ११:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: