चिनीको मुल्य ६३ रुपैँया कायम गर्न निर्देशन

नेपाली जनता

काठमाडौं । संघीय संसदको सार्वजनिक लेखा समितिले चिनीमा प्रतिकेजी ६३ रुपैँया कायम गर्न सरकारलाई निर्देशन दिएको छ । बिहिबार सिंहदरबारमा बसेको समितिको बैठकले चिनीको खुद्रा बिक्री मूल्य प्रतिकेजी ६३ रुपैयाँ कायम राख्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।

चिनीको बजार मूल्य प्रतिकेजी ६३ रुपैयाँ भन्दा बढी नहुने गरी व्यवसायी र सरकारबीच भएको सहमती कार्यान्वयन गर्न संसदको सार्वजनिक लेखा समितिले मन्त्रालयलाई निर्देशन हो । चिनी उद्योगी र सरकार बिच गत ३१ भदौ चिनीको उद्योग मूल्य ५३ रुपैयाँ र उपभोक्ता मूल्य ६३ रुपैयाँ कायम गर्ने सहमति भएको थियो ।

उद्योगीहरुले नेपाली चिनी उद्योगलाई सहयोग गर्न भन्दै चिनी आयातमा परिमाणात्मक बन्देज लगाउन सरकारलाई आग्रह गरेका थिए । सोहि आग्रहमा सरकारले गत ३१ भदौमा चालू आवमा एक लाख टनमात्र चिनी आयात गर्न दिने निर्णय गरेको थियो ।

यो पनि पढ्नुहोस  छात्र छात्रा पढाउदा पढाउदै बेहोश भएपछि विद्यालय बन्द
१९,आश्विन.२०७५,शुक्रबार १२:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: