सामाजिक सेवामा सरकार नयाँ नियम बनाउने तयारीमा छः श्रममन्त्री बिष्ट (भिडियाे सहित)

नेपाली जनता

ललितपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले सामाजिक विकास कार्यमा नागरिक समाजसँग सरकारले हातेमालो गर्न नयाँ एेन र नियम बनाउने तयारी गरिरहेकाे बताएका छन ।

ललितपुरमा सिपिसिएस तथा डाइनामो इन्टरनेशनले सडक जीवन, बाल बचावट तथा उत्कृट स्याहारको अभ्यास शीर्षकमा आयोजना गरेको सडक बालबालिकाका निम्ति कार्यरत सामाजिक कार्यकर्ताहरुको अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै मन्त्री बिष्टले उक्त भनाइ राखेका हुन ।

सामाजिक विकासको सवालमा विभिन्न सामाजिक संघसंस्थाहरुले सरकारका निम्ति समेत सहयोगी भूमिका गरिरहेको बताउँदै मन्त्री बिष्टले जोखिमपूर्ण बालबालिकाको ठूलो हिस्सा अझैपनि नेपालमा रहनु दुखद पक्ष भएको बताए ।

उनले भने,‘पारिवारिक माया, ममता र स्नेहको अभाव तथा कतिपय अवस्थामा साथीहरुको लहैलहैले पनि सडकमा बालबालिकाहरु आइरहेका छन् ।’
उनले सरकारले बालबालिका सम्बन्धी ऐन २०७५ ल्याएर बालअधिकारलाई संविधानले व्यवस्था गरेबमोजिम अधिकार सुनिश्चित गर्ने कोसिस गरिरहेको बताएका हुन ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका पूर्व आयुक्त एवं मावनअधिकारकर्मी गौरी प्रधानले समाजमा अझैपनि बालबालिका विभिन्न खालको शोषणमा पर्ने गरेको बताएका छन ।
उनले भने,, ‘हामीले सडक बालबालिकाको पहिचान सही ढंगबाट गर्नु जरुरी छ भने सामाजिक कार्यकर्ताले त झनै संवेदनशील भएर क्रियाशील हुनु जरुरी छ ।’

कार्यक्रममा संसार भर कार्यरत सडक बालबालिका तथा युथ हरु संग कार्यरत सामाजिक कार्यकर्ता हरुको सहभागिता रहेको छ । बोलिभिया , बेल्जियम, फार्न्स, इकोइडर, कोल्म्बिया, आर डि सी, भियतनाम, फिलिपिन्स, क्युवा, क्यानाडा, ग्वाटेमाला, टिमोर ळेस, भारत, सेनेगल, स्पेन, पोर्चुगल, बेनिन, ब्राजिल, ट्युनेशिया, नेदरल्याण्ड, ग्रीस, हाइटी लागाएत देशका ४३ जना प्रतिनिधि सहित नेपालमा कार्यरत सस्थाका सामाजिक कार्यकर्ता र बालबालिका सहित २६० जना को सहभागिता रहेको छ ।
संसारभर कार्यरत सामाजिक कार्यकर्ता हरुको यो भेला को मुख्य उदेश्य भनेको प्रत्येक देशले गरिरहेको कार्यको बारेमा जानाकारी दिने र आगामी दिनमा सबै देशको सञ्जाललाई नजिक बनाउने र एउटै तरिकाले कार्य गर्ने योजना बनाउने रहेको छ । सम्मेलनमा विभिन्न देशका प्रतिनिधिहरुले कार्यपत्र प्रस्तुत गर्दै योजनाहरु समेत तर्जुमा गर्ने एसिया संयोजक ज क्रिष्टोफले बताए । सम्मेलन सात दिनसम्म चल्ने अायाेजक संस्थाले जानकारी  दिएकाे छ ।

यो पनि पढ्नुहोस  लुम्बिनीका कोरोना अस्पताललाई १ करोड ७५ लाख बजेट

६,कार्तिक.२०७५,मंगलवार ११:१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: