आजको राशिफल

नेपाली जनता

सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।। राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।
पञ्चाङ्ग : श्रीसूर्य दक्षिणायन,शरदृतु,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रमसम्वत २०७५ साल कार्तिक ११ गते रविबार नेपाल सम्बत ११३८ कौलागा,सन् २०१८ अक्टोबर २८ तारिक कृष्णपक्ष चौथी तिथि साँझ ६ वजेर २० मिनेटसम्म उप्रान्त पञ्चमी तिथि,रोहिणी नक्षत्र विहान ९ वजेर ३९ मिनेटसम्म उप्रान्त मृगशिरा नक्षत्र,परिघयोग,बवकरण, आनन्दादियोग धाता,सूर्य तुला राशीमा,चन्द्रमा राती ९ बजेर ८ मिनेटसम्म वृष उप्रान्त मिथुन राशीमा ।

मुहूर्त : राहुकालः–अशुभ अपरान्ह ३ वजेर ५८ मिनेटबाट ५ वजेर २२ मिनेटसम्म रहनेछ,अशुभ यमघण्टायोगः–पूर्वान्ह ११ वजेर ४७ मिनेटबाट अपरान्ह १ वजेर ११ मिनेटसम्म रहनेछ । गुली कालः–सामान्य अपरान्ह २ वजेर ३५ मिनेटबाट ३ वजेर ५८ मिनेटसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ अपरान्ह ३ वजेर ५३ मिनेटबाट ४ वजेर ३७ मिनेटसम्म रहनेछ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर २५ मिनेटबाट मध्यान्ह १२ वजेर १० मिनेटसम्म रहनेछ । दिन बार वेला : सूर्योदय कालबाट प्रातः ७ वजेर ३५ मिनेटसम्म उद्वेग वेला,७ वजेर ३५ मिनेटबाट ८ वजेर ५९ मिनेटसम्म चर वेला,८ वजेर ५९ मिनेटबाट १० वजेर २२ मिनेटसम्म लाभ वेला,१० वजेर २२ मिनेटबाट ११ वजेर ४६ मिनेटसम्म अमृत वेला, ११ वजेर ४६ मिनेटबाट १ वजेर १० मिनेटसम्म काल वेला,१ वजेर १० मिनेटबाट २ वजेर ३३ मिनेटसम्म शुभ वेला,२ वजेर ३३ मिनेटबाट ३ वजेर ५७ मिनेटसम्म रोग वेला र ३ वजेर ५७ मिनेटबाट सूर्यास्त कालसम्म उद्वेग वेला रहनेछ ।

रात्री बार वेला
सूर्यास्त कालबाट ६ वजेर ५८ मिनेटसम्म शुभ वेला,६ वजेर ५८ मिनेटबाट ८ वजेर ३४ मिनेटसम्म अमृत वेला,८ वजेर ३४ मिनेटबाट १० वजेर ११ मिनेटसम्म चर वेला,१० वजेर ११ मिनेटबाट ११ वजेर ४७ मिनेटसम्म रोग वेला,११ वजेर ४७ मिनेटबाट १ वजेर २४ मिनेटसम्म काल वेला,१ वजेर २४ मिनेटबाट ३ वजेर ० मिनेटसम्म लाभ वेला,३ वजेर ० मिनेटबाट ४ वजेर ३६ मिनेटसम्म उद्वेग र ४ वजेर ३६ मिनेटबाट सूर्योदय कालसम्म शुभ वेला रहनेछ ।

यो पनि पढ्नुहोस  भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पाँच दिनका लागि खोलिने

राशी
मेषः– काम गर्ने वातावरण त्यति सहज देखिदैन । आफ्नो काम गर्न आफै अगाडि बढ्नु होला । साथी भाई इष्टमित्रको भर पर्दा उपलब्धि गुमाउनु पर्नेछ । व्यापार व्यवसायबाट आय आर्जन खासै हुने छैन । नोकरी तथा राजनीतिबाट सन्तुष्टि लिने ठाँउ रहने छैन । कला सहित्य तथा यान्त्रिक काममा रुची बढ्नेछ ।

वृषः– समयलाई बुझेर काम गर्नु होला । सामान्यतया आज गरेरका अधिकाँश काम सफल हुनेछन् । लगनशिलि भई गरेका काम सफल हुनेछन् । पढाई लेखाईमा खासै परिवर्तन आउने देखिन्न । मनोरञ्जनात्मक क्रिया कलाप बढि हुनेछन् । पेशा परिवर्तनको चाहान बढ्नेछ । आफन्तबाट सामान्य सहयोग मिल्नेछ ।

मिथुनः– दिन त्यति अनुकुल देखिन्न । मिशनमा पुग्न गाह्रो हुनेछ,असफल भईनेछ । काममा बाधा व्यवधान आउने छन् । कार्य लगनशिलता बढाउनु होला । काम गर्दा आर्थिक अभाव महशुस हुनेछ । खर्च नियन्त्रणमा जोड दिनुहोला । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ । दुर्जनहरुको आगमन हुनसक्छ ।

कर्कटः– सामान्यतया दिन अनुकुल देखिन्छ अस्थिरता त्यागेर काम गर्नु होला । गरेका अधिकाँश कामबाट लाभान्वित हुनुहुनेछ । सहयोगको आशा धेरै नराख्नु होला । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट मुनाफ हुनेछ । पढाई लेखाईमा खासै ध्यान जाने छैन । काममा ढिला गर्दा अवसर गुम्न सक्छ ।

सिंहः– काम गर्ने उत्साहा बढ्नेछ । लगानी अनुसारको व्यापार व्यवसायबाट नाफा लिन सकिनेछ । आर्जन र भोर्जन राम्रै मिल्नेछ । कमाएको धनलाई बचाउने प्रयास गर्नुहोला । नोकरी तथा राजनीतिमा नयाँ ठाँउ मिल्न सक्छ । काम गरेर दाम कमाउने अवसरहर आउने छन् । शत्रुहरु कमजोर बन्ने छन् ।

कन्याः– समयको गति सगै काममा सुधार आउनेछ । गतिरोधहरु हटेर जाने छन् । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । आफन्तको सहयोग लिएर काम गर्ने योजना बन्नेछ । आर्थिक क्षेत्रमा सुधारका संकेत देखिने छन् । राजनीति विषयमा चासो बढ्नेछ तर उपलब्धि भने कम मिल्नेछ । यात्राको सम्भावना पनि देखिन्छ ।

यो पनि पढ्नुहोस  एमाले र माओवादी एकता संकटमा, सचिवहरू प्रधानमन्त्रीतिर ढल्कँदा मन्त्रीलाई काम गर्न असजिलो

तुलाः– काम गर्ने वातावरण मिलाउन सकिने छैन । मन अस्थिर बन्नेछ । गलत चिन्तनको शिकार भईनेछ । परिश्रमको प्रतिफल कम मिल्नेछ । धार्मिक विश्वास घट्नेछ । यात्रा कष्टपूर्ण हुनेछ । पठन पाठनमा भने सुधार आउनेछ । कुनै पनि काम गर्दा आफ्नो इज्जतको ख्याल राखेर गर्नु होला । अरुको भर नपर्नु होला ।

वृश्चिकः– सामान्यतया गरेका अधिकाँश काम सफल हुनेछन् । यात्राको सम्भावनालाई अझै नकार्न सकिन्न । पारिवारिक सहयोगमा धेरै काम बन्ने छन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । काममा ढिला सुस्ति नगर्नु होला । पढाई लेखाईमा रुची बढ्नेछ । कमाएको धनलाई वचाउन भने गाह्रो हुनसक्छ ।

धनुः– समस्या सँग खेली खेली काम गर्नु पर्नेछ र ती काम सफल पनि हुनेछन् । नयाँ कार्य योजनाको बारेमा विचार विमर्श हुनेछ । विवादको टुङ्गो लाग्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी बढ्नेछ । ऋण लगानीमा जोड नदिनु होला । मित्र चिनेर मात्र व्यवहार गर्नुहोला । उधारो कारोवार नगर्नु होला ।

मकरः– योजनाबद्ध अगाडि बढ्नु पर्ने देखिन्छ । हेचक्र्याई गरेर काम गरेमा नोक्सान बढि हुनेछ । कला सहित्यमा अभिरुची बढ्नेछ । पठन पाठनमा प्रगति हुनेछ । सहयोगी हात कम भेटिने छन् । साझेदारी काममा हात नहाल्दा नै उत्तम हुनेछ । विवादित काममा हात नहाल्नु होला ।

कुम्भः– समस्याको पहिचान गरेर अगाडि बढ्नु होला । समस्याबाट पूर्ण मुक्ति मिल्ने छैन । व्ययभार बढ्नाले आर्थिक सन्तुलन विग्रिने छ । आशा गरेका ठाँउबाट सहयोग मिल्ने छैन । व्यापार व्यवसायबाट उचित मुनाफा लिन सकिने छैन । राज्य सँग सम्बन्धित काममा घाटा हुनेछ । भौतिक सुखानुभूति कम हुनेछ ।

मिनः– समयमा कामको टुङ्गो लगाउनु होला । सामान्यतया आजको दिन पनि अनुकुल देखिन्छ । आफन्तबाट उचित सहयोग पाईनेछ । कार्य लगनशिलता घट्ने छैन । व्यापार व्यवसायबाट समोचित लाभ हुनेछ । पढाई र सन्तानको विषयलाई लिएर मनमा थोरै असन्तोष बढ्न सक्छ । लगानी नबढाउनु होला ।

११,कार्तिक.२०७५,आईतवार ०६:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: