Sunday 22nd of September 2019

Author: संगम ढकाल

तनहुँ । पृथ्वी राजमार्ग सडकखण्ड अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–३ पेट्रोल पम्प नजिकै दर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

शनिबार बिहान लु १ ख ८००२ नम्बरको बसले बा ९९प १४७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भएको दुर्घटना हो ।

दुर्घटनामा परी…

काठमाडाैँ । नेपालबाट मनसुन अन्त्य हुने समय नजिकिँदै गर्दा मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले मनसुनको समय लम्बिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा…

काठमाडाैं । श्रीमानकाे हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिगत १५ दिनदेखि बेपत्ता रामग्राम नगरपालिका–३ घोडपाली निवासी ४१ वर्षीय तारा भनिने रवीन्द्रप्रसाद पाण्डेयको खोजतलासको क्रममा शुक्रबार घरछेउकै हरिसुशील आधारभूत विद्यालयको सेफ्टीट्याङ्कीमा सडेको अवस्थामा…

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई आज बल्ल खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिँदै छ । राष्ट्रिय सभागृहमा दिउँसो दुई बजे औपचारिक कार्यक्रम आयोजना गरी काठमाडौं जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न लागिएको हो ।

काठमाडौं जिल्लाका ११ स्थानीय तहमध्ये काठमाडौं महानगरपालिकामात्रै खुला…

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहको झापा जिल्ला कार्यालयमा प्रहरीले छापा मारेको छ ।

बिर्तामोड नगरपालिका–४, नेपाल विद्युत् प्राधिकरणको कार्यालय पछाडि राखिएको समूहको गोप्य कार्यालयमा छापा मारेर महत्वपूर्ण दस्तावेजसँगै हतियार पनि बरामद गरिएको हो ।

सोमबार दिनभर जिल्ला प्रहरी…

काठमाडाैँ । भारतका प्रधानमन्त्री नरेन्द्र माेदीकाे जन्मदिनकाे अवसरमा नेपालका समकक्षी केपी शर्मा ओलीले शुभकामना दिएका छन् ।

प्रधानमन्त्री मोदी ६८ वर्ष पूरा भएर ६९ वर्ष लागेकाे अवसरमा उनका समकक्षी ओलीले तीन भाषामा शुभकामना दिएका हुन् । प्रधानमन्त्री ओलीले…

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा भारतीय बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् ।

मुक्तिनाथतर्फ जाँदै गरेको युपिबीपी ४९९५ नं को बस सोमबार बिहान अनियन्त्रित भई राजमार्ग छेउ पल्टिँदा बसमा सवार २७ यात्रु घाइते भएको जिल्ला प्रहरी…

काठमाडौँ । पछिल्लो समय आफ्ना नेता कार्यकर्ता धमाधम पक्राउ पर्ने र अन्य पार्टीमा प्रवेश गर्ने क्रम बढेपछि प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रणनीति बदल्न लागिपरेको छ । हालसम्म विप्लव निकट ८ सय बढी नेता कार्यकर्ता पक्राउ…

अछाम । जिल्लाको रामारोशन गाउँपालिका अध्यक्ष झन्कर साउदलाई लक्षित गरेर गोली चलेको छ । आइतबार साँझ आफ्नै काेठामा रहेका अध्यक्षमाथि अपरिचत व्यक्तिले गोली चलाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

यद्यपि ती व्यक्तिले चलाएको गोलीले लाग्नबाट अध्यक्ष साउद बचेका…

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई दुर्व्यवहार गरेको भन्दै प्रहरीले ज्ञानेन्द्र शाहीलाई हिरासतमा लिएको छ ।

नेपालगञ्ज विमानस्थलमा मन्त्री भट्टराईमाथि शनिबार भएको दुर्व्यवहारबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा शाहीमाथि उल्टै हातपात भएपछि सुरक्षाको कारण देखाउँदै…