Sunday 13th of January 2019

प्रदेश नं. २

लहान। हुकिङ गरी विद्युत् चुहावट गर्ने दुई दर्जन व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले पक्राउ गरेको छ ।

विद्युत् प्राधिकरण वितरण केन्द्र लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले लहानको पड्रिया, मटियर्वा, बर्छवालगायतका स्थानबाट २४ जनालाई पक्राउ गरेको हो ।…

जनकपुर। सरकारी कागज किर्ते तथा ठगी मुद्दा अनुसन्धानको क्रममा मंसिर १९ गते साँझ काठमाडौंमा पक्राउ परेका रत्नसागर मठका महन्त बैकुण्ठ दास वैष्णव विरुद्धको मुद्दामा शुक्रबारदेखि थुनछेक बहस सुरु भएको छ ।

प्रतिवादीद्वय मठका महन्त बैकुण्ठ दास र पूजारी अशोक शर्माको…

लहान । हतियार देखाएर सिर्जना सामुदायिक सहकारी संस्थाका कर्मचारीको रकम लुटपाटमा संलग्न भएको आरोपमा एक भारतीय नागरिकसहित सात जनालाई पक्राउ गरी सिरहा प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी पक्राउ परेका सातै जनालाई…

जनकपुर । प्रदेश २ सरकारले दलित अधिकारप्रति अनुदार रहेको भन्दै दलित अगुवाहरुले आक्रोश पोखेका छन् ।

मंगलबार दलित समुदायका अगुवाहरुले जनक चौकमा खबरदारी सभा आयोजना गर्दै दलित अधिकार सुनिश्चित नगरे , कडा आन्दोलनमा उत्रिने चेतावनी दिए।

नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध प्रदेशसभा…

काठमाडौँ  । मोरङ र सुनसरी सीमास्थित गोकुवाघाटको सिंघिया खोलामा पुल बनाउने ठेक्का लिएको विवेक निर्माण सेवाका सुरेश खरेल काम अलपत्र पारेर बेपत्ता भएको वर्षौं बित्यो । २०५८ असार २५ गते १ करोड ६८ लाख रुपैयाँमा उनले निर्माण सम्झौता गरेका थिए ।

२०६०…

विरटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अस्थिर राजनितिको अन्त्य भइसकेको उल्लेख गर्दै वर्तमान सरकार पाँच वर्ष कसैले हल्लाउन नसक्ने बताएका छन् ।

‘अब राजनीतिक अस्थिरता हुँदैन,’ उद्योग संगठन मोरङको ४६ औं वार्षिक साधारणसभामा बोल्दै दाहालले भने,…

गौशाला । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका हुँदै भारततर्फ तस्करी गर्न लागेको रु २४ लाखको सुनचाँदीसहित सशस्त्र प्रहरीले गएराति एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका– ४ विश्वकर्मा चोक बस्ने २४ वर्षीय दीपेन्द्र ठाकुर रहेको सशस्त्र…

राजविराज । सप्तरीमा तोकिएको समयमा काम नसकिएको योजनाको सूची लामै छ । ठेक्का सम्झौता गर्ने तर समयमा काम नसकेर सम्पर्कविहीन हुने ठेकेदारहरूको सूची पनि उस्तै छ । जिल्ला प्रशासन कार्यालयले त्यस्ता ठेकेदार र योजनाको सूची तयार पारेको छ ।

गृहमन्त्रीले…

काठमाडौँ । निर्वाचन आयोगले एक महिनाभित्र महाधिवेशन गरेको जानकारी पठाउन पत्र लेखेपछि राष्ट्रिय जनता पार्टी ९राजपा० मा एकाएक तनाव बढेको छ ।

आफैंले तोकेको म्यादभित्र अधिवेशन गर्न नसकेपछि अबको रजानीतिक दिशा कसरी तय गर्ने भन्नेबारे छलफल गर्न अध्यक्षमण्डल छलफलमा व्यस्त…

काठमाडौँ । संघीय समाजवादी फोरमले सरकारमा जाने मन्त्री र नेकपासँगको छलफलबाट मन्त्रालय टुंगो लगाउने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ । तीन दिनअघि फोरम र नेकपाबीच दुईबुँदे सहमति भएको थियो । सहमति भएको तीन दिन बितिसक्दा पनि फोरमले मन्त्री छनोट गर्न…