Sunday 13th of January 2019

प्रदेश नं. ४

गोरखा । गोरखाको चुमनब्री गाउँपालिका–१ सामागाउँको जंगलमा लागेको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । आइतबार रातिदेखि लागेको डढेलो सोमबार साँझसम्म पनि नियन्त्रणमा आउन नसकेको हो ।

मनास्लु पदमार्गमा आएका गाइडले खाएर फालेको चुरोटको ठुटोका कारण आगलागी भएको अनुमान गरिएको…

बागलुङ । नेपालका एकजना प्रतिष्ठित युवा उद्यमी तथा ग्लोवल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जिल्लाको एक अस्पतालका लागि भवन निर्माण गर्न १० लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । ढकालले बाग्लुङ जिल्लाको पैयुपाटा प्राथमिक अस्पतालको लागि आवश्यक भवन निर्माणार्थ…

गोरखा । भिमसेन थापा गाउँपालिका–१ मसेलस्थित निवेल घाटबाट प्रहरीले जलाउन लागेको शवसहित १७ जना मलामीलाई शनिबार नियन्त्रणमा लिएको छ ।

मृतकको हत्या आशंकामा प्रहरीले छोरासहित मलामीहरुलाई नियन्त्रणमा लिएको हो । एक साताअघि छोराको कुटाइबाट घाइते बनेकी आमाको शनिबार बिहान तीन…

पोखरा । पोखरा लेखनाथ महानरपालिकाको नामबाट लेखानाथ शब्द हटाउने तयारी गरिएको छ । महानगरपालिकाले जेठ १० गतेबाट शुरु हुने नगरसभामार्फत नाम हटाउने तयारी पुरा गरेको नगर स्रोतले बताएको छ ।

पोखरा लेखनाथ महानगरपालिका नाम लामो भएको, छोटकारीमा भन्दा पनि ‘पोले’…

पोखरा । काठमाडौंबाट पोखरा आएको यति एयरको एएचयू–६८१ नम्बरको जहाज हाइड्रोलिक फेल भएपछि आइतबार पोखरा विमानस्थलको रनवेभन्दा बाहिर गएको छ ।

दिउँसो २ : ४५ बजे अवतरणपछि पार्किङमा ल्याउने क्रममा जहाज रनवेभन्दा बाहिर गएपनि यात्रु र चालक दलका सबै सकुशल…

दमौली । पेट्रोलियम पदार्थको मुल्य वृद्धि र बालकृष्ण ढुंगेलको रिहाईको विरुद्धमा नेविसंघ तनहुँले मंगलबार साँझ दमौलीमा मसाल जुलुश निकालेको छ ।

नेपाली कांग्रेस पार्टी कार्यालय तनहुँबाट निस्केको मशाल जुलुश सफा सडक हुर्दै मेनचोकमा पुगी कोणसभा गर्ने क्रममा दोहोरो झडप भएको…

गोरखा । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले परिवार दलले देशको सबै ७५३ स्थानीय तहमा राजनैतिक बहस गर्ने बताउनु भयको छ । वामपन्थी र प्रजातान्त्रिक दुवै रानीतिक शक्तिलाई राष्ट्रनिर्माणको मूल प्रवाहमा अघि बढाऊन अग्रपंथी लोकतन्त्रको सान्दर्भिकताको…

काठमाडौं । मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएपछि संविधान कार्यान्वयनको चरण सुरु भएको छ । संविधानसभाबाट बनेको नेपालको संविधान २०७२ मा उल्लेख भएअनुसार सातै प्रदेशले पाउने मुख्यमन्त्रीको टुंगो लागिसकेको छ ।

पोखरा । प्रदेश ४ को मुख्यमन्त्री सहमतिमै चुन्ने एमालेको प्रयास असफल भएको छ । अब निर्वाचनबाट संसदीय दलको नेता चयन हुनेछ ।

दलको नेतामा पार्टी सचिव पृथ्वीसुब्बा गुरुङ…

काठमाडौँ । राष्ट्रियसभा सदस्यका लागि बुधबार भएको निर्वाचनको सबै परिणाम सार्वजनिक भएको छ । बुधबार राति सार्वजनिक परिणामअनुसार एमाले, कांग्रेस र मा‌ओवादी केन्द्रका अधिकांश उम्मेदवारहरु विजयी भएको निर्वाचन आयोगले जनाएको छ । परिणामअनुसार वाम गठबन्धनको वर्चस्व देखिएको…