Friday 24th of January 2020

मुख्य समाचार

काठमाडाैं । राष्ट्रिय सभाका १८ सदस्यका लागि बिहीबार सातै प्रदेशमा भएको निर्वाचनमा नेकपा र राजपा विजयी भएका छन् । नेकपाले १६ र राजपाले दुई सिट जितेको छ भने कांगेस सबै सिटमा पराजित भएको छ । प्रदेश १, बागमती, गण्डकी, प्रदेश…

काठमाडाैं । जिल्लाको कविलासी नगरपालिकामा बाल्टिनमा डुबेर १२ महिनाकी एक बालिकाको मृत्यु भएको छ ।

नगरपालिका–८ अगर्वा बस्ने सरोजकुमार यादवको छोरी नन्दनी यादव खेल्ने क्रममा बुधबार बाल्टिनमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिए…

काठमाडौं । राष्ट्रिय सभा सदस्य चयनका लागि बिहीबार सातै प्रदेशमा मतदान हुँदैछ । प्रदेश मुकाममा रहेका मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा तोकिएका एक–एक वटा मतदान केन्द्रमा विहान १० बजेदेखि ४ बजेसम्म मतदान हुने आयोगले जनाएको छ…

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मानवअधिकारकर्मीहरुलाई जाडोमा माइतीघर मण्डलामा बस्ने दुःख नगर्न आग्रह गरेका छन् ।

सशस्त्र द्वन्द्वकालीन मुद्दामा आरोपित अग्नि सापकोटालाई सभामुख बनाउन लागेको भन्दै मानवअधिकारकर्मीहरुको एउटा समूहले बुधबार मण्डलामा प्रदर्शन गरेको थियो…

लहान । सिरहाको सुखिपुरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान राजकुमार यादवलाई आज बिहान रु पाँच हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

घरायसी प्रयोजनका लागि भारतीय बजार लदनियाँबाट समान ल्याउन सहयोग गरिदिने भन्दै…

काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बैतडी जिल्ला अध्यक्ष सुरेन्द्र पालको घरको मूलद्वारमा राखिएको प्रेसरकुकर बम नेपाली सेनाले निष्क्रिय पारेको छ । डिलाशैनी गाउँपालिका–३ पंसेरामा रहेको अध्यक्ष पालको घरको मूलद्वारमा भेटिएको उक्त बम बैतडीस्थित नेपाली सेनाको हनुमानध्वज गुल्मको टोलीले…

काठमाडाैं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । व्यापारीलाई धम्क्याउँदै चन्दा असुली गरिरहेको अवस्थामा प्रहरी वृत्त थिमिको प्रहरी टोलीले मेलम्ची नगरपालिका–९ सिन्धुपाल्चोक बस्ने ४४ वर्षीय भुवनसिंह तामाङलाई मङ्गलबार पक्राउ गरेको महानगरीय…

पोखरा । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले अखिल नेपाल फुटबल संघ (एन्फा)का कास्की अध्यक्ष मिलन गुरुङमाथि कुटपिट गरेका छन् ।

मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै कुटपिट गरेका हुन् । गुरुङ प्रतियोगिता उद्घाटन गर्न आएका मुख्यमन्त्री…

काठमाडौं । धादिङको निलकण्ठ नगरपालिका-८ मा मिनी ट्रक दुर्घटना भएको छ । दुर्घटनामा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए । मृतकको सनाखत भएको छैन ।

दुर्घटनामा घाइते १५ जना मध्ये ५…

काठमाडाैं । विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् चुहावटमा नियन्त्रण गर्न विशेष कार्ययोजना लागू गरेको छ । पछिल्लो समय जिल्लामा विद्युत् चुहावट बढ्दै गएपछि न्यूनीकरणको प्रयास थालेको वितरण केन्दले जनाएको छ । विद्युत् चुहावट हुने सम्भावित क्षेत्रको पहिचान गर्दै…