Sunday 19th of May 2019

समाचार

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचन आयोगले दिएको म्यादभित्र महाधिवेशन गर्न नसकेपछि पार्टीको बैधानिकता जोगाउन विधान संशोधन गरेको छ ।

राजपा नेपालको विधान २०७४ मा २ वर्षभित्र महाधिवेशन गर्ने उल्लेख भएकामा त्यस अवधिभित्र महाधिवेशन गर्न नसकेपछि विधान संशोधन गरी…

काठमाडौं । सशस्त्र प्रहरी अस्पतालमा कार्यरत प्रहरी निरीक्षक डा. राज्य खड्काको महत्वपूर्ण सामानसहितको झोला बैशाख १४ गते बौद्धबाट चोरी भयो । गोकर्णेश्वर यातायातको २५६८ नम्बरको बसमा साँखुबाट रत्नपार्क जानेक्रममा बौद्ध क्षेत्रमा आउँदा उनको ब्याग थियो । तर हेर्दा हेर्दै…

काठमाडाैं । बुटवल उपमहानगरपालिकाले विभिन्न बहाना गर्दै दुई महिनादेखि नदीजन्य पदार्थ नदिएपछि बहुचर्चित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोकिएको छ ।

सरकारले उच्च प्राथमिकता दिएर बनाउन लागेको यो विमानस्थल अन्तिम चरणमा पुग्न लागेको छ । तर, यसैबेला कच्चा…

गोरखा । कुकुरको टोकाइबाट गोरखामा ६ जना घाइते भएका छन् । जिल्लाको गण्डकी गाउँपालिका–४, फुजेलमा घरपालुवा कुकुरको टोकाइबाट घरधनीसहित ६ जना घाइते भएका हुन् ।

मान्छेलाइ टोकेर कुकुर आफैं मरेपछि गाउँले त्रास फैलिएको छ । छाउराले टोकेको भन्दै वेवास्ता गरेर…

काठमाडाैं । नेपाली हेलिकप्टर कम्पनीहरु सर्वाधिक व्यस्त हुने समय हो वषन्तकालीन हिमाल आरेहण सिजन । अहिले हिमाल आरोहणमा उद्धार, सरसामग्री ओसारपसार लगायतका उडान हुन्छन् । नेपालमा दर्ता भएका १० वटा निजी हेलिकप्टर कम्पनीका ३० वटा हेलिकप्टर यतिबेला खुम्बु क्षेत्रतर्फ…

उदयपुर । भीरबाट लडेर उदयपुरमा एकजनाको ज्यान गएको छ। मृत्यु हुनेमा जिल्लाको कटारी नगरपालिका १० थुम्कीका ७९ बर्षीया नरबहादुर खड्का रहेका छन् ।

उदयपुरका प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार कटारी नगरपलिका–९ मा रहेको छोरीको घरमा भएको विवाहमा सहभागी भएर…

काठमाडौं । पाकिस्तानी रुपैयाँको अवमूल्ययन बढ्दै जाँदा यसको ठूलो असर पाकिस्तानको सेयर बजारमा पनि देखिएको छ । गत शुक्रबार पाकिस्तानको सेयर सूचक ८ सय अकंले घटेको छ । बजारको उक्त गिरावट पछिल्लो १७ वर्षयताकै सबैभन्दा बढी भएको पाकिस्तानी समाचार…

काठमाडाैं । भारतमा जारी लोकसभाको चुनावको प्रभाव नेपालको भान्सासम्म परेको छ । विभिन्न राज्यमा छुट्टाछुट्टै भएको चुनाका लागि नेपाल–भारतबीचको नाका बन्दा हुँदा तरकारी आयात रोकिएकाले तरकारीको मूल्य शतप्रतिशतदेखि १५८ प्रतिशतसम्मले बढेको हो ।

भारतीय बजारबाट ल्याइने स्याउलगायतका फलफूलको मूल्यसमेत…

दिपायल । डोटी प्रहरीले नेक्रवित्रम चन्द ‘विप्लव’ नेतृत्वको एकजना कार्यकर्तालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा बडीकेदार गाउँपालिका–४ भमरा ठाउँका प्रकाश थापा रहेका छन् । थापालाई आफ्नै घरमा रहेका बेला पक्राउ गरिएको डोटी प्रहरीले जनाएको छ ।

उनलाई आवाश्यक अनुशन्धानका…

काठमाडौं । सरकारले ल्याएको प्रेस स्वतन्त्रताविरोधी विधेयकको विरोधमा नेपाल पत्रकार महासंघ यतिबेला आन्दोलनरत छ । तर, महासंघको आन्दोलनलाई मथ्थर बनाउने उद्देश्यले नेकपाका नेताहरुले नेकपा निकट पत्रकारलाई सम्झाउने प्रक्रिया सुरु गरेका छन् ।

यसैक्रममा आइतबार बिहानै नेकपाको पार्टी मुख्यालय धुम्बाराहीमा नेकपा…