अर्थ मन्त्रालय मातहतका ५८ उपसचिवको सरुवा

काठमाडौं । अर्थ मन्त्रालयले मन्त्रालय मातहतका ५८ उपसचिवको सरुवा गरेको अर्थ कृष्णहरी पुस्करले सचिवस्तरीय निर्णय गर्दै उनीहरुको सरुवा गरेका हुन् ।

सरुवा सूची अनुसार सबैभन्दा धेरै २७ जना विभिन्न करदाता कार्यालयमा कार्यरत प्रमुख कर अधिकृत फेरिएका छन् भने ९ जना विभिन्न भन्सार कार्यालयमा कार्यरत प्रमुख भन्सार अधिकृत फेरिएका छन् ।

त्यो बाहेक संघीय अर्थ मन्त्रालय, मन्त्रालय मातहतका समिति तथा प्रदेश अर्थ मन्त्रालयमा कार्यरत उपसचिवको सरुवा भएको हो ।



९,भाद्र.२०७९,बिहीबार १३:५४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्