समाचार संकलनमा मेयर बालेन साहकाे अवरोध

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले हिमालय टेलिभिजनका पत्रकार प्रिन्स मिश्र समाचार संकलनमा अवरोध गरेका छन् ।

महानगरको वातावरण विभागमा रिपोर्टिङका क्रममा पुगेका मिश्रलाई मेयर बालेन्द्र साहले सूचना संकलनमा अवरोध पुर्‍याएको सो टिभीका पत्रकार जगन्नाथ दुलालले बताए ।

मेयर शाहले सो टेलिभिजनको गाडी हटाउने तथा खिचिएको दृश्यसमेत मेटाउन लगाएको घटनाप्रति सो टेलिभिजनले खेद व्यक्त गरेको छ ।

१,असार.२०७९,बुधबार १६:५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्