स्वास्थ्य अनुसन्धान परिषद्को बिजोक : प्रशासनिक पदमा ९५ प्रतिशत, प्राविधिक पाँच प्रतिशत जनशक्ति

काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा भएको बेथितिको विरुद्ध संसदीय समितिमा उजुरी परेको छ ।

संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा मंसिर २४ गते उजुरी परेको हो । दर्ता नम्बर ४९ मा परेको उजुरी नेपाल स्वास्थ्य अनुसन्धान परिषद् सुधार समितिबाट परेको हो ।

उजुरीमा परिषद्मा उचित विज्ञ भन्दा फरक क्षेत्रका मान्छेको भर्ना भएको बताइएको छ ।

स्वास्थ्य क्षेत्रको प्राविधिक पद ‘वरिष्ठ अनुसन्धान अधिकृत’मा समाजशास्त्री नियुक्ति भएको बारेमा ध्यानाकर्षण गराउँदै उजुरीमा भनिएको छ, ‘यस्तो विशुद्ध प्राविधिक संस्थामा ९५.२३ प्रतिशत प्रशासनिक कर्मचारी र ४।७६ प्रतिशत प्राविधिक अनुसन्धान विज्ञ छन् ।’

८४ दरबन्दी भएको परिषद्मा ६२ दरबन्दीको बजेट जनशक्ति नभएर फिर्ता भएको भन्दै समितिले करारबाट काम चलाएको दुखेसो पोखेको छ ।

कर्मचारीहरू पुरा भर्ना नहुँदा अनुसन्धानको काममा समस्या भएको देखी विलम्ब भएर एक अनुसन्धान सक्न थौरैमा दुई चार वर्ष लाग्ने भन्दै उजुरीमा ध्यानाकर्षण गरिएको छ ।


२५,मंसिर.२०८०,सोमबार ११:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्