Monday 20th of January 2020

किन जान लागे त बाबुराम भारत ?

काठमाडौं ।बाबुराम भट्टराई एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक शुक्रबार भारत जाँदैछन्।

अन्तर्राष्ट्रिय नेपाली समाज, भारतको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्न भट्टराई भारत तर्फ प्रस्थान गर्न लागेका हुन् ।

भट्टराईले पार्टीको लुम्बिनी विस्तारित बैठकका निर्णयहरुको बारेमा प्रशिक्षण दिने कार्यक्रम छ। एक साता लामो भारत बसाइमा उनले भारतमा रहेका नेपालीहरुको समस्या र समाधानका विषयमा नेपाली समुदायसँग छलफल गर्नेछन्।भट्टराईले भारतका मुख्य–मुख्य सहर दिल्ली, मुम्बई, तमिलनाडूलगायतस्थानमा रहेका नेपाली समुदायसँग परामर्श गर्ने कार्यक्रम रहेको नयाँ शक्तिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

भट्टराईले भारतका महत्त्वपूर्ण ऐतिहासिक स्थानहरुको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ। उनको साथमा पार्टीको विदेश विभाग इन्चार्ज हिसिला यमी र पिता भोजप्रसाद पनि रहने छन्।  संयोजक भट्टराई वैशाख ८ गते काठमाडौं फर्किनेछन्।

प्रतिक्रिया दिनुहोस्