Tuesday 17th of September 2019

यस कारण गर्भावस्थामा दुखाई कम गराउँदा बच्चा नपुङ्गसक

लण्डन। गर्भवती महिलाहरुले दुखाई कम गर्ने औषधि खाएमा त्यसले गर्भमा रहेका छोरामा बाझोपनको खतरा रहने गर्दछ। शोधकर्ताहरुका अनुसार प्यारासिटामोल, एस्प्रीन र आइब्रोफिनजस्ता औषधि लामो समय सेवन गरेको खण्डमा गर्भमा रहेको छोराको प्रजनन अंगको विकासमा हानी पु¥याउन सक्दछ।

ह्युमन रिप्रोडक्सन जर्नलका अनुसार करिब ५० प्रतिशत महिलाहरु गर्भावस्थाका क्रममा सामान्यतः टाउको दुख्ने समस्याबाट मुक्ति पाउनका लागि दुखाई कम गर्ने औषधि सेवन गर्दछन् ।

समाचारपत्र डेली मेलका अनुसार यस्ता औषधिहरुको प्रयोगबाट छोरामा बन्ने शुक्राणुहरुको गुणक्षमता प्रभावित हुन सक्दछ र जीवनको अन्तिम दिनहरुमा उनीहरुमा वृषण क्यान्सरको खतरासमेत रहने गर्दछ। बैज्ञानिकहरुका अनुसार पछिल्ला केही समयमा पुरुषमा हुने प्रजननसम्बन्धी विकृतिहरुको मुख्य कारण दुखाई कम गर्ने औषधि देखिएको छ। यसका साथै भ्रुणको हर्मोन असन्तुलनसँगको सम्पर्कमा रहनाले पनि विकृतिहरु हुने गर्दछ।

अध्ययनका अनुसार गर्भावस्थाका क्रममा कुनै पनि समय एकभन्दा बढी प्रकारको दुखाई कम गर्ने औषधि लिने महिलाहरुका छोरामा यो खतरा रहने गर्दछ। चारदेखि छ महिनाको गर्भावस्थाका क्रममा दुखाई कम गर्ने औषधि सेवन गर्नु सबैभन्दा बढी हानिकारक हुने गर्दछ। यस क्रममा केवल एउटा दुखाई कम गर्ने औषधि लिदा पनि यो औषधि सेवन गर्ने महिलाको बच्चाको तुलनामा औषधि लिने महिलाका छोरामा यो खतरा दुई गुणा बढी रहने गर्दछ।

प्यारासिटामोलले यो खतरा दुई गुणा बढाउने गर्दछ जवकि एस्प्रीन वा आइब्रोफिनले चार गुणा बढाउछ। अध्ययनका अनुसार चारदेखि छ महिनाको गर्भावस्थाका क्रममा एक साथ दुई दुखाई कम गर्ने औषधि लिदा खतराको मात्रा १६ गुणासम्म बढ्छ । कोपनहेगनका रिग्स हस्पिटलका बरिष्ठ बैज्ञानिक तथा अध्ययनकर्ता हेनरिक लेफर्स भन्छन्–दुखाई कम गर्ने औषधिले भ्रुणमा हर्मोनको प्रवेश रोक्दछ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्