Tuesday 17th of September 2019

काँग्रेसको केन्द्रीय सदस्य बनाउने गच्छदारको सूचीमा गणेश लामा पनि

काठमाडौं । कांग्रेस र लोकतान्त्रिक फोरम एकता हुँदा भएको सहमतिअनुरूप विजयकुमार गच्छदारले केन्द्रीय सदस्य बनाउने १५ जनाको सूची तयार पारेका छन् । सूचीमा पेस्तोलसहित पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका गणेश लामासमेत छन् । उनी हतियार तथा खरखजाना ऐनअन्र्तगतको मुद्दामा पुर्पक्षका लागि कारागारमा छन् ।

गच्छदारको सूचीमा लामा १३औँ नम्बरमा छन् । उनले पहिलो नम्बरमा आफ्नो नाम राखेका छन् भने दोस्रो नम्बरमा रामजनम चौधरीको नाम राखेका छन् । भारतेन्दु मल्लिक, मोहम्मद नसिर सिद्धिकी, योगेन्द्र चौधरी, महेश कर्मोचा, गोपाल दहित, यशोदाकुमारी लामा, कृष्णप्रसाद दुलाल, शिवकुमार गुल्माछाने, हरिप्रसाद न्यौपाने, जनक चौधरी, गणेश लामा, मंगल थारू र वीरेन्द्र नेपालीलाई क्रमश सूचीमा राखेका छन् ।

गच्छदार आमन्त्रित केन्द्रीय सदस्यका रूपमा कांग्रेस कार्यसमिति बैठकमा उपस्थित भइरहेका छन् । बैठकमा आफूले धारणा राख्नुअघि १५ जना नेतालाई केन्द्रीय सदस्य बनाउन सिफारिससहितको प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाउने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्