Sunday 16th of June 2019

साराविरुद्ध मुद्दा दायर, यस्तो छ कसुर

[mashshare]

एजेन्सी । बलिउड अभिनेता सेफ अली खान र अभिनेतृ अमृता सिंहकी छोरी सारा अली खान कानूनी समस्यामा फसेकी छिन् । हेलमेट नलगाई मोटरसाइकलको पछाडि बसेको भन्दै उनीविरुद्ध मुद्दा दायर भइको हो ।

उनी हेलमेट नलागइ मोटरसाइकलमा सवार रहेको भिडियो फुटेज सोसल मिडियामा भाइरल भएपछि उनी कानुनी समस्यामा परेकी हुन् । उक्त भिडियोमा सारा अभिनेता कार्तिक आर्यनसँग मोटरकाइकलमा बिना हेलमेट सावर छिन्। भारतीय कानूनअनुसार मोटसाइकल चलाउने र सवार दुबैले हेलमेल लगाउनु पर्ने प्रावधान छ।

हेलमेट नलाइ मोटरसाइकलमा सवार भएपछि सारालाई सोसल मिडियामा ट्रोल पनि गरिएको छ । उनको यस्तो हर्कतलाई लिएर प्रहरीसमक्ष उजुरी परेको हो। दिल्ली पुलिसले मंगलबार दिल्लीको सडकमा साराले बाइकमा हेलमेट बिना घुमेको जवाफ मागेको बताइएको छ ।

भारतीय सञ्चार माध्यमले जनाएअनुसार वरिष्ठ पुलिस अधिकारीले घटनासँग जोडिएका सबै तथ्यको अध्ययन गरेर पुष्टि भएपछि साराविरुद्ध ‘मोटर भेइकल एक्ट’ अनुसार एक्सन लिइने जानकारी दिएका छन् । सारको भिडियो सार्वजनिक भएपछि उनलाई ट्रोल गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले दिल्ली पुलिसलाई पनि ट्याग गरेको थियो । रोड सेफ्टी नियम तोडेका कारण साराको निकै आलोचना भयो ।

यो भिडियो दिल्लीमा इम्तियाज अलीको आउँदो फिल्मको सुटिङको हो । यद्यपि, यो पूरा विवादबारे साराको कुनै प्रतिक्रिया आएको छैन ।

प्रतिक्रिया दिनुहोस्