Sunday 16th of June 2019

६ बर्षमा एक हजार ८६० रोपनी जग्ग भूमाफियाको कब्जामा

[mashshare]

काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्री निवाससँगै जोडिएको सरकारी सम्पत्ति ललितानिवास व्यक्तिका नाममा बनाइसकेका भूमाफियाले पञ्चायती ब्यवस्था अन्त्य भएको ६ बर्षमा एक हजार आठ सय ६० रोपनी जग्गा हडपेको तथ्य भेटिएको छ ।

ललितानिवास जग्गा हिनामिनासम्बन्धी तथ्य खोजी गर्ने क्रममा माफियाले अन्य स्थानमा पनि अर्बौं रुपैंयाँ मूल्य बराबरका सार्वजनिक तथा सरकारी जग्गा हडपेको तथ्य पाइएको छ ।

२०४६ सालमा पञ्चायती ब्यवस्था ढलेसँगै मालपोत, भूमिसुधार र नापी कार्यालयका कर्मचारी तथा भूमाफिया मिलेर काठमाडौं नगर क्षेत्रमा पर्ने एक हजार आठसय ५९ रोपनी १४ आना तीन पैसा तीन दाम जग्गा कब्जा गरेको सरकारबाटै गठित आयोगको प्रतिवेदनमा उल्लेख छ ।
छानविन आयोगले २३ बर्षअघि यस्तो प्रतिवेदन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्