Sunday 16th of June 2019

तपाईको घरमा यी ४ जनावरहरुको जोडीको मूर्ति राख्नुस् ,सोचेको काममा सफलता मिल्नेछ

[mashshare]

काठमाडौ । वास्तु शास्त्रअनुसार हाम्रो घरमा विभिन्न कुराहरुको सजावटले पनि शुभ र अशुभ भन्ने कुराहरुको पनि सङ्केत गर्ने जनाइएको छ । किनभने वास्तु शास्त्रीहरुले पनि यस्तो कुराहरुको विभिन्न मान्यताहरु राखेका छन् । विशेष गरी देवताको फोटोहरुमा पनि गणेश ,विष्णु ,बर्मा ,सरस्वतीको तस्विरहरु राख्ने गर्दछन् ।

तर यी बाहेक पनि कसैले पशुपक्षीहरुको पनि फोटो टासेर आफ्नो घरमा सुख , शान्ति भित्र्याउने गर्छन् । त्यसैक्रममा आज हामी तपाईहरुलाई सोही विषय जनावरहरुको फोटो वा मूर्ति राख्दा चाही के के फाइदा हुन्छ ,भनेर देखाउन गइरहेका छौ । हेरौ यी जनावरहरुको जोडीको मूर्ति यदि घरमा राख्नुभयो भने घरमा शुभ हुने हुन्छ ।

-सुरुवातमा कुरा गरौ , हामीले सान र मानको लागी चढेर हिड्ने घोडाबाट ,यदी तपाईको घरमा घोडाको जोडी छ भने यसले हाम्रो जीवनमा शक्ति, स्फुर्ति र सक्षमता दिने गर्दछ । त्यसैले त घोडालाई शक्तिको प्रतिक पनि भनिन्छ ।

-त्यसैगरी दास्रोमा यदि हाम्रो राष्ट्रिय जनावर गाईको मुर्ति राख्नुभयो भने घरमा प्रेम, शान्ति र संस्कार ल्याउने मान्यता रहेका छ । किनभने यसलाई भगवान कृष्णको शक्तिका लागि उत्कृष्ट मानिन्छ ।

-त्यसैगरी निकै ठुलो जनावर मानिने तथा लक्ष्मीको बाहन हात्तीको मूर्ति यदि घरमा राख्नुभयो भने लक्ष्मीको वास हुने विश्वास रहेको छ ।

-त्यसैगरी ढिलो गतिमा हिड्ने कछुवाको मूर्ति राख्नु पनि अति उत्तम मानिन्छ । किनभने यदि यस जनावरको मूर्ति राखेमा सुख, शान्ति र सम्पन्नता स्थायी हुने विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्