Tuesday 31st of March 2020

बिहे गरेको ३ वर्षपछि भयो श्रीमान श्रीमतीको पहिलो भेट ,३ वर्षसम्म किन भेटेनन् ?

काठमाडौ । एउटा महिला र एउटा पुरुषले सँगै जीवनयापनका निम्ति आपसी सम्झौता गरी जोड्ने सम्बन्ध नै विवाह हो । अर्थात दुई आत्माबीचको पवित्र मिलन नै विवाह हो । तर यो सम्बन्ध कहिलेकाही विभिन्न कारणले अपवित्र हुन्छ । आज हामी तपाईलाई एक यस्तै अनौठो विवाहको बारेमा कुरा गदै छौ । जहाँ एक नव जोडीले विवाह गरेको ३ वषपछि मात्र भेट्ने मौका पाएका छन् ।

यो घटना भारतको हो । यहाँ एक युवतीले विवाह गरेको ३ वर्षपछि मात्र आफ्नो श्रीमानलाई भेटेकी छिन् । उनलाई आफ्नै आमाबुबाले विवाहपछि घरमा कैदी बनाएर श्रीमानसँग भेट्न दिएका थिएनन् । महिला आयोगकी स्वाती मालिवानले दिएको जानकारी अनुसार जब महिला आयोगमा एक युवतीलाई विवाहपछि कैदी बनाएर राखेको भन्दै उजुरी पर्यो । त्यसपछि आयोगले श्रीमान श्रीमतीको भेट गराईदिन सफल भएको जनाएको छ । उक्त कुराको विवाहको सबै कागजपत्र भएर पनि आफ्नो श्रीमतीसँग भेट्न नपाएको भन्दै उनको श्रीमानले उजुरी दिएका थिए ।

उता पिडित युवतीको अनुसार घरमा आमाबुबाले आफ्नो श्रीमानसँग बोल्न समेत नदिने र धेरै कुट्ने गरेको बताएकी छिन् । त्यहाबाट छुट्टिएपछि हाल उनीहरु ३ वर्षपछि भेट भएर सँगै रहेका छन् । साथै उनीहरुको सुरक्षाको लागी प्रहरीलाई निवेदन दिइएको भारतीय मिडियाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्