रामेछापमा कांग्रेसमा लिगलिगे दौड शुरु, संघमा कान्छाराम र प्रदेश ‘क’ मा घिमिरेको पल्लाभारी

रामेछाप । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशका लागि रामेछाप पनि राजनीतिक दलहरुले उम्मेदवारका लागि सिफारिस गर्ने काम अघि बढाएका छन् ।
नेपाली कांग्रेसमा चुनावी सरगर्मी तिव्र भएको छ । संघ र प्रदेश सभाको सदस्यका लागि धेरै नेताहरुले आफ्नो दावी प्रस्तुत गरेका छन ।

कांंग्रेसले रामेछापमा रहेको दुई प्रदेश सभा निर्वाचनका लागि पार्टीभित्रबाट दावी प्रस्तुत गर्नेहरुको नाम प्रदेश समितिमा सिफारिस गर्नको लागि बैठक बोलाएको छ ।

रामेछाप जिल्लाको कांग्रेसबाट निर्वाचन क्षेत्र ‘क’ बाट धेरै जना नेताहरुले आफ्नो दावी प्रस्तुत गरेका भएपछि राजनिति र समाजसेवामा भिजेका शम्भु घिमिरेको पल्ला निक्कै भारी देखिएको छ । उनी लायन्सका लिडर पनि हुन । लायन्स क्लव मार्फत उनले रामेछापका धेरै ठाउँमा समाजसेवा गर्दै आएका छन । रामेछाप ‘क’ निर्वाचन क्षेत्रमा घिमिरेको नाम अग्रपंतिमा देखिएको छ । उनलाई टिकट दिएमा नेपाली कांग्रेसलाई जित हातपार्न कुनै अप्ठारो पर्ने छैन ।
संघमा पूर्णबहादुर तामाङ (कान्छाराम) र प्रदेशसभामा रामेछाप क मा घिमिरेलाई टिकट दिएमा कांग्रेसले सानदार जित हासिल गर्ने कुरामा कुनै संकोच लिनु पर्ने छैन । हंसमुख स्वभाव, कसैलाई नचिढाउने, समाजसेवामा अतुलनिय योगदान, भाषणमा दक्ष घिमिरेका अगाडि नेपाली कांग्रेसमा मात्र हैन उनी बराबर अन्य पार्टीहरुमा समेत उम्मेदवार छैनन, भन्दा अन्यथा हुने छैन ।

त्यसैगरि बैठकले योग्यता पुगेका उम्मेदवारले प्रदेशको टिकटका लागि दावी गरे अनुसार सिफारिस गर्ने तयारी गरेको छ । प्रदेशमा रहेको दुई वटा निटकका लागि कांग्रेसभित्र ४१ भन्दा बढी नेताहरुले दावी प्रस्तुत गर्ने भएका छन् । कांग्रेसभित्र प्रदेशको टिकटका लागि उमाकुण्ड गाउँपालिकाबाट आङदेण्डी शेर्पा, भिमसेन वस्नेत, झपडराज भण्डारी, जमुना कार्की, गेल्जे शेर्पा, केदार विक्रम खड्का र गजेन्द्र खड्काले दावी गर्ने भएका छन् ।

त्यसैगरी कांग्रेसका एक नेताले दिएको जानकारी अनुसार गोकुलगंगा गाउँपालिकाबाट कांग्रेस रामेछापका सचिव दिपक खड्का, उज्जलराम घिमिरे, शिव श्रेष्ठले दावी गरेका छन् ।लिखु तामाकोसी गाउँपालिकाबाट कृष्ण बहादुर महत, कल्पना खड्का, निरोज खड्का, सुन्दर खड्काले प्रदेशका लागि उम्मेदवारमा दावी गर्ने भएका छन् ।

रामेछाप नगरपालिकाबाट कांग्रेस रामेछापका नेता तथा समाजसेवी शम्भु घिमिरे, उपसभापति लेखबहादुर कार्की, गत निर्वाचनमा कांग्रेसबाट प्रदेश ‘क’ का उम्मेदवार बनेका रत्न कार्की, पूर्व रामेछापका नगरप्रमुख नरबहादुर थापा मगर, पूर्व नगर उपप्रमुख सृजना खड्का, कुमारी हायु, , युवराज भट्टराई, महेश कार्की र गंगा अधिकारी सहितका नेताहरुले प्रदेशको टिकटको लागि आफ्नो दावी गर्ने भएका छन् ।

यसैगरी रामेछाप प्रदेश ‘ख’ अन्र्तगत सुनापति गाउँपालिकाबाट कमल योञ्जन, जितेन्द्र मोक्तान, भरत चौलागाई, जित बहादुर मगर विनिता खड्का, केशव प्रसाद चालिसे, नारायण बहादुर खड्कासहितका नेताहरु टिकटका लागि आकांक्षा देखाएका छन् । जित बहादुर थापामगर गत प्रदेश सभाको निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेका थिए ।

दोरम्बा गाउँपालिकामा डिक बहादुर योञ्जन आकांक्षी देखिएका छन भने खाँडादेवी गाउँपालिकाबाट अर्जन केसी, वीर बहादुर तामाङ, धु्रव राज लामा, झनक श्रेष्ठ, रत्नहरि ढुंगेल, केशव बहादुर केसी, सरद तामाङ, वेदराज लामा, रामकुमारी डाँगी र राजेश कुमार श्रेष्ठले आकांक्षा देखाएको एक नेताले जानकारी दिए । त्यसैगरी मन्थली नगरपालिकाबाट कुमार श्रेष्ठ, शुक्र माझी र मिना कार्कीले दावी प्रस्तुत गर्ने भएका छन् । भोली बैठकमा आउने नामलाई पार्टीले प्रदेशमा सिफारिस गरेर पठाउने तयारी गरेको छ ।

१६,भाद्र.२०७९,बिहीबार १४:०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्