पछिल्लो २४ घण्टामा ४ हजार ४८७ जनामा संक्रमण पुष्टि, संक्रमणबाट ११६ जनाको मृत्यु

काठमाडौं । सरकारले परीक्षण घटाउँदा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमितको संख्या उल्लेख्य रुपमा घटेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६ पीसीआर र ७४६ एन्टिजेन परीक्षणमा ४ हजार ४८७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमणबाट ११६ जनाको मृत्यु भएको छ भने ६ हजार ८० जना संक्रमणमुक्त भएका छन् ।

१५,जेष्ठ.२०७८,शनिबार १६:५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्