काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई जसरी पनि पक्राउ...

पुरा पढ्नुहाेस्

डब्लुएचओले अब विभिन्न देशमा भेटिएका कोरोनाभाइरसका भेरियन्टलाई दिने नयाँ नाम

5.99K
shares
khanepani bord

एजेन्सी । विश्व स्वास्थ संगठन (डब्लुएचओ) ले संसारका विभिन्न देशमा भेटिएका कोरोनाभाइरसका भेरियन्ट (प्रकार) लाई नयाँ नाम दिएको छ।

डब्लुएचओले ग्रिक अल्फाबेटअनुसार ती भेरियन्टको नामाकरण गरेको हो। वैज्ञानिक नाम उच्चारण गर्न कठिन हुने र जुन देशमा भेटिएको हो त्यही देशको नाममा भेरियन्टको नाम राख्दा उक्त देशलाई कलंक लगाएजस्तो हुने भएकाले नयाँ नाम राख्ने निर्णय भएको हो।

उक्त निर्णयअनुसार अब बेलायतमा भेटिएको भेरियन्टको नाम अल्फा, दक्षिण अफ्रिकाको बेटा, ब्राजिलको गामा र भारतमा भेटिएको भेरियन्टको नाम डेल्टा हुने भएको छ।

अब नयाँ भेरियन्ट भेटिए ग्रिक अल्फाबेटको क्रम अनुसार तिनीहरूको नामाकरण हुँदै जानेछ।

डब्लुएचओका अधिकारीहरूले लामो समयको छलफलपछि ग्रिक अल्फाबेट अनुसार नयाँ भेरियन्टको नाम राख्ने निर्णय गरेका हुन्।

यसअघि महामारी फैलँदा जहाँबाट त्यसको उत्पति भएको हो त्यही ठाउँका आधारमा नाम राख्ने चलन थियो। इबोला भाइरस फैलँदा कंगोको नदीको नामबाट यसको नाम राखिएको थियो।

यसरी कुनै ठाउँका आधारमा नाम राखिने नामले सधैँ भाइरसको उत्पतिबारे बताउँछन् भन्नेचाहिँ हुँदैन। सन् १९१८ मा फैलिएको महामारीको नाम स्पेनिस फ्लू राखिएको थियो तर उक्त महामारी कहाँबाट सुरू भएको थियो पत्ता लागेको थिएन।

‘कुनै पनि देशले भेरियन्ट पत्ता लगाएर अरूलाई जानकारी दिएको बदलामा कलंकित हुनु हुँदैन,’ डब्लुएचओकी इपिडेमिओलोजिस्ट मारिया भान केरखोभले भनिन्।

khanepani