काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

ओली मन्त्री मण्डलमा बद्नामि कमाएका रघुवीर महासेठ ओली मन्त्री मण्डलमा बढुवा, ओलीको मन्त्रिपरिषदमा पतिपत्नी पालैपालो मन्त्री

6.08K
shares
khanepani bord

काठमाडौं । रघुवीर महासेठ दम्पत्ति केपी शर्मा ओलीको मन्त्रिपरिषदमा पालैपालो मन्त्री भए। यसअघि २०७४ चैत २ गते भएको मन्त्रिपरिषद् विस्तारमा रघुवीर महासेठले भौतिक पूर्वाधार मन्त्री भए। २० महिनासम्म मन्त्रालयको जिम्मेवारी सम्हालेका उनी २०७७ पुस १० गतेको मन्त्रिमण्डल हेरफेरबाट बाहिरीए । उनले मन्त्रालयमा बसेर राम्रो काम गर्न नसकेको आरोप लाग्दै आएको थियो । उनी त्यस समयमा भ्रष्टाचारमा डुबेको आरोप लागेर बद्नाम भएका थिए ।

५ पुसमा प्रधानमन्त्री ओलीले एकलौटीरूपमा संसद् विघटन गर्ने निर्णय लिएसँगै मन्त्रिपरिषद्मा रहेका माधवकुमार नेपाल पक्ष र पुष्पकमल दाहाल ुप्रचण्डु पक्षका मन्त्रीहरूले राजीनामा दिएका थिए ।

त्यसपछि दाहाल-नेपाल समूहमा आएकी महतो मन्त्री हुने भएपछि ओली समूहमा फर्किइन्। त्यसपछि महासेठकी श्रीमती जुलीकुमारी महतोलाई ओलीले महिला बालबालिका मन्त्रीको जिम्मेवारी दिएर मन्त्रिपरिषदमा ल्याए।

हाल मन्त्रिपरिषद् पुनर्गठन गर्दा ओलीले महासेठलाई उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिँदा महतो बाहिरिने भइन्।

IME
khanepani