भारतमा दुई महिनायताकै कम संक्रमण, सोमबार २४ सयले गुमाए ज्यान

दिल्ली । कोरोनाभाइरसका कारण भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६ सय ३६ जना नयाँ संक्रमित थपिएका छन् । (कोभिड१९) को दोस्रो लहरको मध्यमा दैनिक चार लाखभन्दा बढी संक्रमित भेटिएकामा पछिल्लो संख्या विगत दुई महिनायताकै सबैभन्दा कम दैनिक संक्रमण हो ।

पछिल्लो २४ घण्टामा २४ सय २७ जनाले ज्यान गुमाएका छन् भने १ लाख ७४ हजार ३९९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेसम्म कोनाभाइरस संक्रमितको संख्या २ करोड ८९ लाख भन्दा बढी छन् भने अहिलेसम्म २ करोड ७१ लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् ।

यहाँ कुल ३ लाख ४९ हजार १८६ जनाले ज्यान गुमाइसकेका छन् भने १४ लाख १ हजार ६०९ जना संक्रिय संक्रमित रहेको तथ्याकंले जनाएको छ । विगत केही दिनदेखि सक्रिय संक्रमितको संख्यामा पनि कमी आउन थालेको मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस  सभामुख सापकोटाले लिए पद तथा गोपनीयताको सपथ
२४,जेष्ठ.२०७८,सोमबार १२:५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: