मोदीलाई ओलीको सन्देश, नेपाल सुरक्षित नभई भारत जोगिँदैन, खोपमा नेपाललाई प्राथमिकता दिइयोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अलग राखेर भारतमा मात्र कोरोनाभाइरस महामारी नियन्त्रण हुन नसक्ने बताएका छन् ।

बीबीसी हिन्दीसँगको संवादमा प्रधानमन्त्री ओलीले भने, ‘भारतमा मात्र नियन्त्रण गर्छु भनेर हुँदैन, नेपालमा पनि नियन्त्रण हुनुपर्छ । किनभने दुबै मुलुकबीच खुला सिमाना छ । बोर्डर सिल गरेपनि मान्छेहरु लुकिछिपी आवतजावत गर्छन् ।’

महामारी नियन्त्रणको सवालमा भारतले नेपाललाई अन्य देशजस्तो व्यवहार गर्न नहुने पनि ओलीको भनाई छ । उनले भारतीय समकक्षी नरेन्द्र मोदीलाई अन्य देशजस्तो व्यवहार नेपाललाई नगर्न आग्रह गरे ।

खुला सिमानासहितको छिमेकी र मित्रराष्ट्रको हैसियतमा भारतले नेपाललाई खोपको प्राथमिकतमा अन्य देशजस्तो व्यवहार गर्नुहुँदैन’ उनले भने, ‘यी सबै कुरालाई ध्यानमा राखेर मोदीजीले नेपाललाई सहयोग गर्नुपर्छ ।

स्वयम आफ्नो हितको लागि पनि भारतले नेपाललाई उच्च प्राथमिकतामा राख्नुपर्ने मोदीलाई ओलीको सुझाव छ ।

खोपलाई लिएर राजनीतिकरण नगर्न पनि प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् । ‘ यो समयमा राजनीतिलाई बीचमा ल्याउनु जरुरी छैन । यो खोपको मामिला हो, यसबारे राजनीति गर्नु जरुरी छैन’ उनले भने, ‘दुबै छिमेकी देशले खोपसहितका स्वास्थ्य सामग्री दिएका छन् । यसका लागि म धन्यवाद दिन चाहन्छु ।’

विगतमा नेपाल र भारतसँग गलत बुझाइ र असमझदारी रहनेपनि अहिले त्यो हटेको प्रधानमन्त्री ओलीको भनाई छ । ‘अब विगत हैन, चम्किलो भविष्य हेरेर अघि बढ्नु जरुरी छ’ उनले भने, ‘किनभने असमझदारी छिमेकीसँगै हुने हो ।

२४,जेष्ठ.२०७८,सोमबार १२:५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्