गोरखामा पहिरोले पुरिंदा एकै परिवारका दुई जनाको मृत्यु

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–७ मा पहिरोले घर पुरिंदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।

गएरातिको पहिरोमा पुरिएर ८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय जौवारीको प्रहरी टोली र स्थानीयले उनीहरु दुवैको शव बाहिर निकालेका छन् । गाउँपालिका अध्यक्ष राजु गुरुङले आज बिहान १० बजेतिर शव बाहिर निकालिएको जानकारी दिए ।

यो पनि पढ्नुहोस  राेकीएन सरकारी ढुकुटी दाेहन, कामचलाउ सरकारले बाँड्यो साढे १६ करोड !
१९,असार.२०७८,शनिबार ११:३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: