तरुण नेता शेर्पा बागमती प्रदेशको सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता सिन्धुपाल्चोक तरुण दलका सदस्य नविन शेर्पा नेपाली कांग्रेस बागमती प्रदेशको सदस्य पदमा मनोनयन भएका छन ।
नेपाली कांग्रेस केन्द्रिय तरुण विभागको निर्णय अनुसार शेर्पा प्रदेश सदस्यमा मनोनयन हुन सफल भएका हुन ।
शेर्पा सिन्धुपाल्चोक भोटेकोशि गाउँपालिका तातोपानीका युवा नेता हुन ।

शेर्पा राजनिति साथ साथै समाजसेवामा पनि सिन्धुपाल्चोकका युवाहरु वीच लोकप्रिय छन । उनको यो मनोनयनले आगामि दिनमा नेपाली कांग्रेस सिन्धुपाल्चोकले ठुलो सफलता प्राप्त गर्ने छ । शेर्पाले आगामि दिनमा सफलताको उचाई चुम्दै जाने कुरामा दोलखाका युवा जीवन बस्नेत विश्वस्त छन । उनी भन्छन, ‘शेर्पा राजनिति र समाजसेवामा एउटा उदयमान तारा हुन । उनले भविश्यमा सिन्धुपाल्चोक मात्र हैन देशकै युवाहरुको सफल नेता हुने कुरामा दुविधा छैन ।’

२२,असार.२०७८,मंगलवार २१:५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्