माधव नेपालको निवासमा प्रचण्ड र विप्लव एकसाथ कोटेश्वस्थित उनकै निवास पुगे

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ कोटेश्वस्थित उनकै निवास पुगेका छन् ।

हिजो विप्लवले प्रचण्डलाई खुमलटार पुगेर भेटेका थिए । प्रचण्डका निजी सचिवालयका अनुसार नेपाललाई भेट्न भने प्रचण्ड र विप्लव सँगसँगै पुगेका हुन् । साथमा नेता धर्मेन्द्र वास्तोला पनि छन् ।

प्रचण्डसँगको भेटमा विप्लवले पूर्वमाओवादी घटकहरूबीच एकताको प्रस्ताव गरेका थिए । प्रचण्ड सम्पूर्ण कम्युनिष्ट पार्टीहरुबीच एकता हुनुपर्ने पक्षमा छन् ।

३१,असार.२०७८,बिहीबार ११:१९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्