चीनद्वारा थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने घोषणा

काठमाडौं । चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत यान्छीले थप परिमाणमा खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएकी थिइन् ।

१,श्रावण.२०७८,शुक्रबार १९:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्