गेलु घटनाका आरोपित प्रहरी हिरासतमा, आफन्त गर्दै सडकमा नारावाजी

रामेछाप । किटानी जाहेरीका आधारमा पक्राउ गरि हिरासतमा राखि अनुसन्धान भइरहे पनि पिडित परिवारले गरे नारावाजी ।

मन्थली नगरपालिका–१२ का राजकुमार बुढाथोकीको मृत्युको घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जना व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान सम्पन्न गरेको छ । मृतकका परिवारले किटानी जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालयले दुई जनालाई पक्राउ गरेर अनुसन्धानको प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको हो । परिवारको माग अनुसार आरोपित दुई जनालाई पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान गर्दा पनि आफन्तहरु भने सडकमा निस्किएका छन् ।

घटना घटेको सात दिनपछि मृतककी बहिनीले ज्यान सम्वन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय मन्थलीमा किटानी जाहेरी दिएकी थिएन । किटानी जाहेरी दर्ता हुनासाथ प्रहरीले पर्शुराम बुढाथोकी र काजी भन्ने कुँबेर पाण्डेलाई पक्राउ गरेको गरेर अनुसन्धान अगाडि बढाएको थियो । डिएसपी ढुंगानाले आरोपीसँग बयान लिने क्रममा पोलिग्राफ परीक्षण समेत गरिएको बताए । पीडित परिवारले न्याय पाउनु पर्छ भनेर हामीले प्रविधिको प्रयोग समेत गरेर अनुसन्धान गरेका छौ, प्रहरीले काम गर्दागदै दबाब सृजना गर्ने राम्रो होइन, उनले भने ।

प्रहरीले अनुसन्धान अगाडि बढाइरहेको बेला मृतक बुढाथोकीका आफन्तहरुले भने आज मन्थलीमा दबाब प्रदर्शन गरेका छन् । घटना घटेको सात दिनपछि पीडित परिवारले किटानी जाहेरी दिएसँगै प्रहरीले तत्काल दुई जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो । प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालय पेस गरिसकेको छ । पीडित परिवारकै माग अनुसार प्रहरीले किटानी जाहेरी दर्ता गरेर दुइ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेकै बेला पीडितका आफन्तहरुले मन्थलीमा प्रदर्शन गर्नुलाई भने प्रहरीले अर्थपूर्ण रुपमा लिएको बताएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले घटनाको अनुसन्धान गरेर प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेश गरि सकेको अवस्थामा नारा जुलुस गरेर भ्रम छर्ने काम सकारात्मक नभएको बताए । उनले भने,‘अनुसन्धान भिडले गर्ने होइन, कुनै पनि घटनामा प्रमाण खोजी गरि संकलन गर्ने हो, प्रमाण सृजना गर्ने हैन, प्रहरीले घटनालाई गम्भीर रुपमा लिएर अनुसन्धान गरेको छ । ’

गत असार २ गते प्रहरीलाई लडेर मृत्यु भन्ने खबर प्राप्त हुना साथ प्रहरी अधिकृतको टोली परिचालन गरेर मुचुल्का गर्ने क्रममा पीडितका आफन्तले आफै लडि मरेकोले पोष्टमार्टम गर्न पर्दैन भनि प्रहरी समक्ष वताएका थिए । तर प्रहरीले कुनै पनि हालतमा पोष्टमार्टम गर्नुपर्ने अडान लिएपछि शव बहान उपलब्ध हुन नसकेपछि प्रहरीकै गाडीमा मन्थली ल्याएर परिवारको सहभागीतामा प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीको पोष्टमार्टम गरिएको थियो । पोष्टमार्टमपछि मृतकको शव परिवारले जिम्मा लिएको थियो ।

मृतकका आफन्त कृष्णहरि बुढाथोकीले किटानी जाहेरी दिएको चार जना मध्ये दुई जनालाई मात्र प्रहरीले पक्राउ गरेको बताए । उनले प्रहरीले किटानी दर्ता गरेलगत्तै दुई जनालाई पक्राउ गरेर अनुसन्धान गर्नु राम्रो भएको बताए । बुढाथोकीले रामेछाप न्युजसँग भने,‘पीडित परिवारका सबै सदस्य सोझासिधा भएकाले समयमै केही व्यक्तिले घटनालाई प्रभावित पार्ने काम गरेको बुझियो, घटनामा संलग्न दोषीले सजाय पाउनुप पर्छ भन्ने हाम्रो माग हो, यसको अर्थ प्रहरीले गरेको सबै काम नराम्रो छ भन्ने होइन ।’ बुढाथोकीले चार जनाका विरुद्ध किटानी जाहेरी दिएको दावी गरेपनि प्रहरीले भने दुइ जनाको विरुद्ध मात्र जाहेरी परेको बताएको छ ।

२,श्रावण.२०७८,शनिबार ०७:५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्