प्रदेश २ मा मा माओवादीका दुई मन्त्रीले लिए शपथ

Ashish Gautam
ashish@nepalijanta.com

जनकपुरधाम । प्रदेश २ मा नेकपा (माओवादी केन्द्र) पनि आजदेखि सत्तारूढ दल बनेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रीमा माओवादी संसदीय दलका नेता भरत प्रसाद साह र राज्यमन्त्रीमा रुबी कर्ण शपथ लिएका हुन् ।

प्रदेश प्रमुख डा. राजेश अहिराजले मंत्री साहलाई र मुख्यमंत्री लालबाबु राउतले राज्यमंत्री कर्णलाई पद तथा गोपनियताको शपथ खुवाएका छन् । उनीहरु शहिदको नाममा शपथ लिए ।

माओवादीबाट मन्त्री बनेका साह र कर्णलाई बधाई दिन प्रदेशका आठै जिल्लाबाट नेताहरु आएका थिए । सत्तारुढ जसपा अध्यक्ष उपेन्द्र यादव पक्षका मुख्यमंत्री लालबाबु राउतले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका मन्त्रीलाई हटाएर कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराएको छ ।

यो पनि पढ्नुहोस  सीडीओले शारीरिक रुपमा अशक्त एक महिला र उनका श्रीमानलाई घरमै पुगेर दिए नागरिकता
२,श्रावण.२०७८,शनिबार १६:४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: