
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६२८ जनामा गरिएको एन्टिजेन परीक्षणमा १२२३ र तीन हजार जनामा गरिएको एन्टिजेन परीक्षणमा ५७८ जना गरी १८०१ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । त्यस्तै १६६७ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस्