सुजिता भण्डारी मृत्यु प्रकरण, आफन्तभित्रकै युवकविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता

चितवन । बेपत्ता भएको १० दिनपछि मृत भेटिएकी राप्ती-३ की सुजिता भण्डारी प्रकरणमा आफन्त एक युवकविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ ।

सुजितालाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै आमा अम्बिका भण्डारीले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेकी हुन् । असार ११ गते साथीलाई तरकारी लिन आउँदैछु भनेर मोबाइलमा म्यासेज पठाएर घरबाट निस्केकी सुजिता १० दिनसम्म बेपत्ता भएकी थिइन् । त्यही दिन दिउँसो फोन गरेर आफू अपहरणमा परेको बताएको दिदी कविताले बताएकी थिइन् ।

तर, सुजिता असार २० गते नजिकैको सामुदायिक वनमा मृत भेटिएकी थिइन् ।

८,श्रावण.२०७८,शुक्रबार ११:२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्