काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न...

पुरा पढ्नुहाेस्

टिकटकमा राष्ट्रपति र प्रधानमन्त्रीको आपत्तिजनक भिडियो बनाएको आरोपमा झापाबाट एक जना पक्राउ

4.91K
shares
khanepani bord

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको आपत्तिजनक भिडियो टिकटकमा अपलोड गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाले मेचीनगर ६, बर्मेलीबाट ३५ वर्षीय सोमप्रसाद घिमिरेलाई पक्राउ गरेको साइबर ब्युरोका एसएसपी नविन्द अर्यालले बताए ।

‘सम्माननीयज्यूको आपत्तिजनक भिडियो बनाउनेको खोजी गरिरहेका थियौं, झापामा लोकेशन देखिएपछि पक्राउ गरेर पठाउन भनेका थियौं’ उनले भने, ‘त्यही आधारमा काठमाडौं ल्याएर अनुसन्धानका लागि ७ दिन म्याद थप गरेका छौं ।’

घिमिरेविरुद्ध विद्युतीय अपराध सम्बन्धी कसूरमा छानविन हुने प्रहरीको भनाइ छ ।

IME
khanepani