जनकपुरधाम । मधेश प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरको कार्यकक्षमा थुनिएका सात राजनीतिक दलका सांसदहरू...

पुरा पढ्नुहाेस्

मन्त्रिपरिषद् तत्कालै विस्तार, माधव नेपालसहित शीर्ष नेताको बैठकले सबै नियुक्तिको मापदण्ड बनाउने

3.95K
shares
khanepani bord

काठमाडौं । सत्तारुढ गठबन्धनको शीर्ष बैठकमा तत्कालै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको छ । आजै माधव नेपालसहित शीर्ष नेताहरू पुनः छलफल गर्ने र सरकार सञ्चालनका विषयमा सहमति हुने बताइएको छ ।

सरकार गठन भएको दुई साता हुन लाग्दा पनि मन्त्रिपरिषदले पूर्णता नपाएकाले आज भोलिमै मन्त्रीहरू नियुक्त गरिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले शीर्ष नेताहरूले मन्त्रीको नाम दिएपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको बैठकमा सहभागी एक नेताले जनाएको छ ।

सत्तारुढ गठबन्धनको बैठकमा अन्य पाँच प्रदेशका प्रदेश प्रमुख पनि हटाउने सहमति भएको छ । तर, कसलाई नियुक्त गरिने भन्ने बारेमा राजनीतिक नियुक्तिको साझा मापदण्ड बनाउनेबारे छलफल भएको जसपा नेता अशोक राईले बताए ।

आजको बैठकमा माधव नेपाल सहभागी नभए पनि उनले डा. विजय पौडेललाई आफ्नो प्रतिनिधिका रूपमा पठाएका थिए । आजै माधव नेपालसहितको बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा कांग्रेसबाट प्रधानमन्त्रीसहित बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला सहभागी थिए ।

त्यस्तै माआवादी अध्यक्ष प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन् भने जसापबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई सहभगी छन् थिए ।

बैठकमा एमालेको माधव नेपाल समूहका डा. विजय पौडेल सहभागी छन् भने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

khanepani