रबीन्द्र मिश्रको प्रस्ताबका बिपक्षमा उभिनेहरुका नाममा !

विगतमा विवेकशील साझा पार्टी जोगाउन र एक पार्न भन्दै केही गलत लाइनमा सम्झौता गरे पनि अहिले रवीन्द्र मिश्र क्लियर देखिए । उनले पार्टी र बिचार भन्दा माथि देश देखे, खतरा मोलेर वास्तविकता बोले, जन जनको आवाज बोले, विगतको गलत लाइनलाई सच्याए जुन अत्यन्त सकारात्मक कुरा हो ।
ईतिहास र नैतिक शिक्षा पढ्न छाडे पछि बिग्रिँदै, भत्किंदै गएको हाम्रो समाज र अपराधलाई राजनीति र अपराधीहरुलाई नेता मान्न, पुज्न शुरु गरेको हाम्रो समाजमा प्रचण्ड, बाबुराम, ओली, माकुने, देउवा, यादव, महतोहरुलाईनै हरिद्वार ठान्ने र मान्नेहरू, लुटतन्त्र लाई लोकतन्त्र ठान्ने, गलगाँड तन्त्रलाई गणतन्त्र मान्नेहरू, जति धेरै अपराध गर्न सक्यो त्यसलाई त्यति ठुलो नेता पुज्नेहरू रवीन्द्रलाई खुइल्याउन हात धोएर लागेका छन् अहिले । किनकि उनीहरूको लुटतन्त्र माथि रवीन्द्रले धावा बोल्ने हिम्मत गरे । गलत कुरालाई गलत भन्दै ढिलै भए पनि देश मारा सङ्घीयता, इसाई बोक्ने धर्म निरपेक्षता र एउटा राजा फालेर हजारौँ छोँटे राजा पाल्ने, देश दोहन गर्ने जनता मारा लुटतन्त्र लाई सच्याउन खोज्नु रवीन्द्रको ठिक लाइन हो, यसलाई करेक्सन गर्ने हिम्मत गर्नु सकारात्मक कुरा हो । रवीन्द्रले आफ्नो प्रस्तावित लाइनमै अगाडि बढुन्, यदि अब पनि कम्प्रोमाइज गरे र फेरी पछाडि फर्के भने रवीन्द्र र उनको राजनीति सकिने छ ।
गलत कुराहरू करेक्सन गर्न नसक्दा प्रचण्ड, बाबुराम, ओली, माकुने, देउवा, थापा, यादव, महतोहरू र यिनका पार्टी नामका पसलहरूको हबिगत के छ देख्नु भएकै छ । अनि ती नालायक र तिनका महा नालायक पिछलग्गु भक्तहरूले रवीन्द्रको खोइरो नखने कसको खनुन् यसलाई मैले सहज रूपमा लिएको छु ।
केहीले मलाई प्रश्न गर्नुभएको छ – तपाईं आफूलाई स्वतन्त्र भन्नुहुन्छ, राजनीति गर्दिन भन्नुहुन्छ तर राजनीतिक कुरामा किन यति धेरै चासो ? म फेरी क्लियर गरौँ – विगत २६ वर्ष यता म कुनै पनि राजनीतिक पार्टीमा छैन र हुने पनि छैन । म स्वतन्त्र छु, तितो तर सत्य बोल्छु, लेख्छु किनकि म एउटा सचेत नागरिक हुँ, पत्रकारिता गर्ने मान्छे हुँ । राजनीति गर्नु र बुझ्नु फरक कुरा हुन । म राजनीति गर्दिन तर अलिकति बुझ्छु जस्तो लाग्छ । राम्रो लाई राम्रो र नराम्रो लाई नराम्रो भन्नु मेरो धर्म हो । म आफ्नै पौरख र पसिनामा विश्वास गर्ने र चल्ने मान्छे हुँ । कुरो यही हो बुझे भैगो !
मैले हिँजो मात्र पोस्ट गरेको र धेरैले मन पराउनुभएको स्ट्याटस यहाँ तल पनि राखेको छु, न हेरेकाले हेरिदिनुहोला कृपया ।
“हल्लै हल्लाको देश, लुटतन्त्र लाई लोकतन्त्र भनिने देश, गलगाँड तन्त्र लाई गणतन्त्र भनिने देश, जति धेरै अपराध गर्न सक्यो त्यति ठुलो नेता बनिने देश, राक्षसी तन्त्र चल्ने देश, चोरलाई चौतारो र साधुलाई शूली हुने देश, शतीले श्राप गरेको हाम्रो देशमा रवीन्द्र मिश्रले अलि ढिलो बोले तर सत्य बोल्ने हिम्मत गरे । देश सबै भन्दा माथि हुनै पर्छ । कुर्सीको लागि होइन बिचारका लागि बहस मात्र होइन विभाजन नै भयो भने पनि ठिक छ, अब रवीन्द्र उनकै प्रस्तावित मार्ग चित्रमा डटेर अगाडि बढुन् । मिलनहरू बिछोड हुन सक्लान् तर रवीन्द्रले अब खुट्टा कमाउनै हुन्न । म उनको समर्थक भएर वा उनको पार्टीको शुभचिन्तक भएर होइन, राजनीतिबाट पूर्ण अलग, एउटा स्वतन्त्र र साधारण मान्छे भएरै भन्दै छु – हल्लै हल्लाका भरमा रवीन्द्रको चरित्र हत्या गर्न र उनलाई डाम्न खोज्नेहरूलाई कौवाले कान लाग्यो भन्दा कौवाका पछाडि नदौडिन र आफ्नो कान छाम्न आग्रह गर्दछु । अपराध र भ्रष्टाचारका सिँढी चढ्दै आएका नालायकहरूलाई आफ्नो आदर्श र नेता मान्नेहरूले, आरती उतार्नेहरूले रवीन्द्रको खोइरो नखनेकै ठिक होला कि । हो भोलि उनी गलत बाटो गए भने त्यो बेला जे गर्नु पर्छ गरौँला तर हाल सम्म उनी यी सत्ता पक्ष, प्रतिपक्षका नालायकहरू भन्दा दश गुणा बेटर छन् । सत्य तितो हुन्छ ।”

१४,श्रावण.२०७८,बिहीबार २१:२३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्