नेपाल र पुष्पकमल दाहालले पार्वती थापाको घर कोटेश्वरमा गरे गोप्य भेटघाट

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्वती थापाको घर कोटेश्वरमा गोप्य भेटघाट गरेका छन ।

आज बिहान उनीहरूबीच कोटेश्वरमा भेटवार्ता भएको नेपाल निकट स्रोतले जानकारी दिएको छ। उनीहरू कोटेश्वर खरिबोटस्थित नेपालनिकट नेता पार्वती थापाको घरमा भेटवार्ता भएको हो।

अध्यक्ष प्रचण्ड र नेता नेपालबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको छ। उनीहरूले आज बिहान करिब एक घन्टा कुराकानी गरेका थिए।

गठबन्धनबाट सरकारका न्युनतम साझा कार्यक्रम ल्याउने र मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी भइरहेका बेला प्रचण्डले नेता नेपाललाई भेटेका छन्।

सोमबार बालुवाटारमा बसेको गठबन्धन बैठकमा नेता नेपाल उपस्थित थिएनन्। नेता नेपालसहित एमालेका २२ सांसदले गत साउन ३ मा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए। नेपाल पक्ष सरकारमा जाने वा नजाने यकिन भइसकेको छैन।

त्यसैगरि एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच आज भेटवार्ता हुने सम्भावना रहेको समाचार स्रोतले दावी गरेको छ ।

१९,श्रावण.२०७८,मंगलवार ११:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्