
विराटनगर । मोरङमा भदौ १० गतेसम्म निषेधाज्ञाको समय थप भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङ्गले खुकुलो प्रावधानसहित भदौ १० गतेसम्मका लागि निषेधाज्ञाको समय थप गरेको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार भदौं १० गतेसम्म रहने निषेधाज्ञाको अवधीमा विहान ५ बजेदेखि बेलुका ६ बजेसम्म बजार पसल सञ्चालन गर्न पाइनेछ । डेरी र दूधजन्य बस्तु विक्री गर्ने पसल बेलुका ८ बजेसम्म खुला हुन पाइनेछ ।
विद्यालय, ट्युसन सेन्टर, गुद्री बजार, हाटबजार सब्जीमन्डी पार्टी प्यालेस, स्वीमिङ पुल, सिनेमा हल बन्द रहनेछन् ।
भेला जुलुस, सम्मेलन गोष्टि तथा सेमिनार गर्न पनि रोक लगाइएको छ । निषेधाज्ञाको उल्लङ्घन भए कानुन अनुसार कारवाही हुने प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्