सुपर मादी हाइड्रोका कोरोना संक्रमित भेटिए कामदार मृत

पोखरा । सुपर मादी जलविद्युत आयोजनामा कार्यरत एकजना कोरोना संक्रमित कामदार झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

आयोजनाकै आइसोलेसनमा रहेका उनी सोमबार बिहान शौचालयमा झुन्डिएको अवस्थामा फेला परेको अध्यक्ष पुष्पज्योति ढुंगानाले जानकारी दिए ।

‘कन्ट्र्याक्टरको तर्फबाट काम गर्ने कामदार हो उहाँ । कम्पनीकै आइसोलेसनमा अरु साथीहरुसँगै हुनुहुन्थ्यो,’ ढुंगानाले भने, ‘अवस्था ठीकै थियो । खै के भएर हो ?’

हाइड्रोमा करिब २५० जना कामदार कार्यरत छन् । तीमध्ये हाल ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको र आइसोलेसनमा रहेको आयोजना अध्यक्ष ढुंगानाले जानकारी दिए ।

३२,श्रावण.२०७८,सोमबार ११:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्