काठमाडौँ । नुवाकोट- १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विक्रम तिमिल्सिना विजयी भएका...

पुरा पढ्नुहाेस्

८५ कार्टुन स्याउसहित सोमबार एक जना पक्राउ

6.14K
shares
khanepani bord

सप्तरी । सप्तरी प्रहरीले ८५ कार्टुन स्याउसहित सोमबार एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हनुमाननगर कंकालिनी नगरपालिका १२ निवासी शिवम पण्डित छन् । सोमबार भारततर्फ २ वटा ठेलामा राखेर लैजाँदा गर्दा एक जना ठेला चालक भागेको र पण्डितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुई ठेलामा २५ कार्टुन राखेर लैजाँदा गर्दा पक्राउ परेका पण्डितले स्थानीय मनोज मुखियाको गोठबाट उक्त स्याउ ल्याएको बताएका थिए । मुखियाको गोठमा पुग्दा थप ६० कार्टुन स्याउ बरामद भएको प्रहरीको भनाई छ ।

पक्राउ परेका पण्डितलाई स्याउ ठेलासहित आवश्यक कार्वाहीका लागि राजविराज भन्सार कार्यालय बुझाइएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

IME
khanepani