सुटिङको गाडी दुर्घटना : एकको मृत्यु, आधा दर्जन बढी घाइते

काठमाडौं । म्युजिक भिडियो छायाँकन लागि कलाकार तथा प्राविधिक बोकेर पोखरा गएको गाडी दुर्घटनामा परेको छ । भिडियो छायाँकन गरेर पोखराबाट काठमाडौँ फर्किने क्रममा उक्त गाडी गएराति धादिङको गजुरीमा दुर्घटनामा परेको हो ।

सुटिङबाट काठमाडौ फर्किदै गरेको गाडीलाई भारतीय नम्बर प्लेटको एक गाडीले ठक्कर दिएपछि दुर्घटना भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले बताए । दुर्घटनामा एक जनाको मृत्यु र बस ड्राइभर सहित दर्जन घाइते भएको अध्यक्ष लामाले जानकारी दिए ।

दुर्घटनामा परेका मध्य घाइते हुनेमा क्यामरा पर्सन दिर्घ गुरुङ, बिनोद लामा, श्याम तामाङ, नारायण गुरुङ, रमेश सुनुवार, दीपेन्द्र थपलिया, महेन्द्र लामा लगायत रहेका छन् । जसको ट्रमा सेन्टरमा उपचार भइरहेको अध्यक्ष लामाले बताए । निर्देशक परिपुलुङ राईको पोखराको एक अस्पतालमा उपचार भइरहेको छ ।

उक्त दुर्घटनामा निर्देशक राईको बहिनी रेनुपुलुङ राईको भने घटनास्थलमै मृत्यु भएको छ ।
परिपुलुङ राई निर्देशक, मोडल र गीतकार पनि हुन् । उनकै नेतृत्वमा सुटिङ युनिट काठमाडौंबाट पोखरा गएको थियो ।

उक्त दुर्घटनामा सुटिङ गाडीका चालक विजय पनि गम्भिर घाइते भएका छन् । उनको पनि ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

दुर्घटनामा परेका दुबै गाडी भने गजुरी प्रहरीले नियन्त्रणमा रहेको लामाले जानकारी दिए ।

३२,श्रावण.२०७८,सोमबार १७:२५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्